शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • चौरासी पुजामा सिद्धार्थ माविलाई ६ लाख दश हजार सहयोग (फोटो फिचर)
चौरासी पुजामा सिद्धार्थ माविलाई ६ लाख दश हजार सहयोग (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन १३, २०८०
IMG_9830
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमति भानुदेबी दम्पति परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । चौरासी पुजाको अवसरमा दलबहादुर दम्पति परिवारले सोही वडाको च्युरिबोट स्थित सिद्धार्थ माविलाई ६ लाख दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच सो रकम दलबहादुर दम्पति परिवारले विद्यालयका प्रअ ललितबहादुर घर्ती मगर ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशमबहादुर पुन र निवर्तमान अध्यक्ष तमबहादुर पुनलाई सामुहिक रुपमा हस्तान्तरण गर्नुभयो । शिक्षक छकप्रसाद घर्तीका अनुसार ,दलबहादुर दम्पतिले दुई लाख ,हाल अष्ट्रेलिया निवासी माइला छोराबुहारी राजेन्द्र घर्ती मगर पुन र सानु आले मगरले जेठा दाजु स्वर्गिय हिमप्रकाश घर्तीको स्मृतिमा एक लाख सहित दुई लाख ,कान्छा छोराबुहारी धावेन्द्र र ज्ञानु घर्ती मगर पुनले एक लाख, छोरी ज्वाईहरु भिम घर्ती मगर र विष्णुदेवि घर्ती मगरले २५ हजार ,तमबहादुर सिंथानी र याममाया घर्ती मगर पुनले २५ हजार ,बालकुमारी पुन र हिराबहादुर पुनले २५ हजार ,अमला पुन र राजन पुनले २५ हजार सहयोग गर्नुभएको छ । दलबहादुरकी माइली साली टकसरा पुनले दश हजार सहयोग गर्नुभएको छ । सो रकम अक्षयकोषमा जम्मा गरिने विद्यालयले जनाएको छ । समाजसेवी दलबहादुर घर्ती मगर पुनले यस अघि दुई दशक बढी सोही विद्यालय व्यवस्थापन समितिमा आवद्ध भएर काम गरिसक्नुभएको छ ।बेलायती सेनाबाट अवकाश प्राप्त पुर्व गोर्खा सैनिक दलबहादुरकै पहलमा कादुरी र गोर्खा वेलफेयरले विद्यालयमा चर्पी निर्माण गर्नुका साथै च्युरीबोटमा खानेपानी आयोजना निर्माण गरिदिएका थिए । विद्यालयको शैक्षिक तथा भौतिक विकास ,गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पु¥याउने उद्धेश्यले चौरासी पुजाको अवसरमा सहयोग गरेको दलबहादुर घर्ती मगर पुनले बताउनुभयो । विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँबासी मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड लिदनुभयो । साथै उहाँले जुनसुकै क्षेत्रमा अग्रजले पु¥याएको योगदानको सम्मान गर्न आग्रह गर्नुभयो । घर्ती मगर पुन दम्पतिले धार्मिक विधि अनुसार चौरासी पुजा गर्नुभएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले स्थापित अक्षयकोषमा हालसम्म तीस लाख २४ हजार ६४३ रुपैयाँ रकम जुटेको प्रअ घर्ती मगरले बताउनुभयो । विव्यवस अध्यक्ष पुन,निवर्तमान अध्यक्ष पुन र शिव आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोकुल घर्तीले चौरासी पुजाको अवसरमा विद्यालयलाई सहयोग गरेर दलबहादुर र भानुदेबी दम्पति परिवारले शैक्षिक क्षेत्रकाे विकास,  उदाहरणीय र पुण्यको काम गरेको भन्दै धन्यवाद दिनुभयो । विद्यालयले सहयोगदाता दम्पति परिवारलाई सम्मान गरेको थियो । विद्यालयमा एक सय २६ जना विद्यार्थी अध्ययनरत छन् । यसैगरी दम्पतिले सोही वडाको ओखरबोट माविलाई पनि सहयोग गर्ने घोषणा गर्नुभएको छ ।    
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २१:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP