शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मनकारी मन : चौरासी पुजामा ओखरबोट माविलाई दुई लाख सहयोग (फोटो फिचर)
मनकारी मन : चौरासी पुजामा ओखरबोट माविलाई दुई लाख सहयोग (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन १४, २०८०
IMG_0164
च्युरीबोट ।म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेबी दम्पती परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको ओखरबोट माविलाई आर्थिक सहयोग गर्नुभएको छ । दलबहादुर दम्पती परिवारले चौरासी पुजाको अवसरमा विद्यालयलाई दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर्नुभएको हो । सो रकम सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच दलबहादुर दम्पती, माइला छोरा राजेन्द्र र कान्छी बुहारी ज्ञानु लगायत परिवार सदस्यले वडा सदस्य भिमसरा पुनको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुन ,प्रअ नविन कार्की लगायतलाई सामुहिक रुपमा हस्तान्तरण गर्नुभयो । विद्यालयका प्रअ कार्कीका अनुसार,विद्यालयमा अक्षयकोष स्थापनाका लागि दलबहादुर दम्पती परिवारले एक लाख ,हाल अष्ट्रेलियामा रहनुभएका माइला छोराबुहारी राजेन्द्र घर्ती मगर पुन र सानु आले मगरले पचास हजार ५१ रुपैयाँ र कान्छा छोराबुहारी धावेन्द्र घर्ती मगर पुन र ज्ञानु घर्ती मगर पुनले पचास हजार ५१ रुपैयाँ गरी दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर्नुभएको हो । चौरासी पुजाको अवसरमा दलबहादुर दम्पती परिवारले आइतबार सोही वडाको च्युरीबोट स्थित सिद्धार्थ माविलाई पनि ६ लाख दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

याे पनि‍‍‍...

[embed]https://myagdinews.com/2024/02/73998/[/embed]   बेलायती सेनाबाट अवकाश प्राप्त पुर्व गोर्खा सैनिक दलबहादुरले विद्यालयको भौतिक र शैक्षिक विकास सँगै गरिब,दलित र जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले आर्थिक सहयोग गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिमा आवद्ध रहेर यसअघि लामो समयसम्म काम गरिसक्नुभएको छ । पहिले विद्यालयमा आर्थिक समस्या हुँदा आफुहरुले विद्यालय सञ्चालनको लागि ठुलो संघर्ष गर्नुपरेको अनुभव सुनाउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासका लागि राज्य सँगै समुदायको समेत जिम्मेवारी रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले चौरासी पुजाको अवसरमा दलबहादुर दम्पतीले शैक्षिक क्षेत्रमा आर्थिक सहयोग गरेर उदाहरणीय,पुण्य र सबैका लागि प्रेरणादायी काम गरेको भन्दै धन्यवाद दिनुभयो । उहाँले आर्थिक सहयोग रकमको अक्षयकोष स्थापना गरेर उक्त अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ती ,शैक्षिक सामग्री सहयोग र विद्यालयको विभिन्न कार्यक्रममा खर्च गरिने जानकारी गराउनुभयो । विद्यालयको पुरानो भवन जिर्ण भएकोले नयाँ भवन निर्माणमा सहयोग गर्न अपिल समेत गर्नुभयो । वि.सं.२००८ सालमा स्थापित विद्यालयमा कक्षा दश सम्म पढाई हुँदै आएको छ । करिब दुई सय १६ जना विद्यार्थी अध्ययनरत छन् । प्रअ कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक नविन पुनले स्वागत मन्तव्य राख्नुभएको थियो । यसैगरी विद्यालयका सल्लाहकार हिराबहादुर पुनले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले सहयोगदाता दलबहादुर दम्पती परिवारलाई सम्मान समेत गरेको थियो । घर्ती मगर पुन दम्पतिले धार्मिक विधि अनुसार चौरासी पुजा गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २२:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP