शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी जिल्ला भलिबल संघलाई मोना यूकेको साढे ४३ लाख बढी सहयोग (तस्बिरहरु )
म्याग्दी जिल्ला भलिबल संघलाई मोना यूकेको साढे ४३ लाख बढी सहयोग (तस्बिरहरु )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन १६, २०८०
20240228162210_IMG_0142
बेनी ।म्याग्दी जिल्लाको इतिहासमा भलिबल खेलको विकासका लागि हालसम्मकै सबैभन्दा ठूलो सहयोग हस्तान्तरण गरिएको छ । युवा पुस्तालाई भलिबलमा आकर्षित गर्न तथा प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रिय जिल्ला भलिबल संघ म्याग्दीले स्थापना गरेको भलिबल कोषमा यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोना यूकेले ४३ लाख ६१ हजार ३९९ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बुधबार सदरमुकाम बेनीमा आयोजित एक समारोहमा मोना यूकेका अध्यक्ष कुमार फगामी, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दी भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँलाई उक्त सहयोग हस्तान्तरण गरे । सोही अवसरमा मोना कुवेतबाट ५० हजार, भलिबल संघ कार्यसमितिको १ लाख २० हजार, मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काबाट १ लाख, प्रकाश कार्की यूएईबाट २० हजारसहयोग प्राप्त भएको छ । १ करोडको अक्षयकोषको लक्ष्य रहेकोमा हालसम्म ४६ लाख ५१ हजार ३९९ जम्मा भएको छ । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गर्बुजाले भलिबल खेललाई चलायमान बनाउन कोषले सहज हुने बताए । जिल्लामा खेल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रवर्द्धन गर्न आफुले सहयोग गर्ने सांसद गर्बुजाले प्रतिबद्धता जनाए । खेलकुद क्षेत्र सहित जिल्लाको हरेक क्षेत्रमा प्रवासी म्याग्दीलीहरुको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुन,म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, महिला राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाही, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ , भलिबल संघका राष्ट्रिय उपाध्यक्ष याम गुरुङ,पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले अक्षष कोष म्याग्दी भलिबलका लागि स्वर्णीम अवसर सृजना गरेको बताएका थिए । मोना यूकेका अध्यक्ष कुमार फगामीले जिल्लास्तरमा भलिबलका राम्रा क्षमतावान खेलाडीलाई छनोट गरेर राष्ट्रिय टिमका लागि तयार गर्न सघाउने गरी कोषमा सहयोग गरेको बताए । उनले म्याग्दी जिल्लामा भलिबलको प्रतिभालाई छनोट गरी,ट्रेनिङ गराउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘एक्सपोज’ गराउने, भलिबल क्षेत्रको विकासका लागि भविष्यमा पनि सहकार्य गर्ने बताए । म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले अक्षय कोष भलिबलका खेलाडीहरू उत्पादन तथा प्रशिक्षण र तालिममा केन्द्रित गर्ने बताए । विद्यालय खेलकुद क्षेत्रको नर्सरी भएकाले खेल प्रतिभाको उत्पादन गर्नका लागि विद्यालयस्तरलाई केन्द्र विन्दुको रूपमा लिएर शिक्षकलाई समेत भलिबल खेलमा आर्कषित गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षत संघका अध्यक्ष बानियाँ, स्वागत सचिव कुमार किसान र सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गरेका थिए । साथै गायक ध्रुव जिसीले सांगीतिक र कलाकारहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।  
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP