शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • माघेसंक्रान्ति मेलाको आयव्याय सार्वजनिक
माघेसंक्रान्ति मेलाको आयव्याय सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन १६, २०८०
20240228_084636
म्याग्दी । महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख १४ हजार ६६६ बराबरको आयब्यय विवरण सार्वजनिक गरिएको हो । समितिका सभापति अम्बिका श्रेष्ठले विभिन्न शिर्षकमा रु. १८ लाख १४ हजार ६६६ आम्दानी भएको बताउनुभयो । उहाँका अनुसार विभिन्न शिर्षकमा १६ लाख ६९ हजार ५ सय खर्च भएको छ । रु १ लाख उद्योग वाणिज्य संघको व्यवसायिक हितकोषमा जम्मा गरिएको र रु. ४५ हजार १६६ बचत भएको छ । परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि मेलाको आयोजना गरिएको थियो । माघ २ गतेसम्म संचालन भएको मेलामा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो । परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको थियो । मेलामा ब्यवसायीक स्थल, टिक बिक्ती, विभिन्न ब्यक्ति र संघसंस्थाबाट सहयोग नै प्रमुख आम्दानी रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महिलाको नेतृत्वमा भएको मेलाले स्थानी उत्पादनलाई प्रर्बधनमा प्रमुख भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम कर्माचार्य, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, महासचिव अमित बानियाँ लगायत महिला उद्यमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन महासचिव प्रमिला श्रेष्ठ र समापन वरिष्ठ उपाध्यक्ष विष्णु गुरुङले गर्नुभएको थियो । जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन, लोक दोहोरी, ठेलो फाल्ने, लठ्ठो तान्ने, आमा नृत्य प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको मेलामा प्रस्तुति रहेको थियो । मेलामा अन्धनिसान, महिला–पुरुष छेलो फ्याँक्ने, महिला–पुरुष लठो तान्ने प्रतियोगिता आयोजना गरिएको थियो ।  
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २१:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP