शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर
पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन १७, २०८०
Beni nagarpalika pasu health
बेनी । म्याग्दीको बेनी नगरपालिकाले कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर गरेको छ । गाईभैसी पालक र दूध उत्पादक कृषकहरुका लागि बिहिबार वडा नम्बर ७ को कुरिलाखर्क ढुङ्गाना कृषि फार्ममा बेनी नगरपालिकाको पशु सेवा शाखाले शिविर गरेको हो । शिविरमा बेनी नगरपालिकाको ६, ७, ८ र ९ नम्बर वडाका २५ जना दूध उत्पादक कृषक सहभागी भएका थिए । उनिहरुलाई गाईभैसीमा हुने बाँझोपनको समस्याको कारण, समाधान र सावधानीको उपायका विषयमा परामर्श दिनुका साथै निशूल्क औषधी वितरण गरिएको कृषक सुरेश ढुङ्गानाले जानकारी दिनुभयो । बेनी नगरपालिकाको पशु सेवा शाखाका प्रमुख प्रदिप गौतमले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बेनीलाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन कृषकहरुलाई प्राविधिक सेवाका साथै प्रोत्साहन गरिएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २२:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP