शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • छहारी युवा क्लबको ३३ औं बार्षिकोत्सव :भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ एसकेवाइसी र महिलातर्फ जनसाहारालाई
छहारी युवा क्लबको ३३ औं बार्षिकोत्सव :भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ एसकेवाइसी र महिलातर्फ जनसाहारालाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस ९, २०७६
IMG_3112

दरबाङ,बुधबार पुष ९ गते ।
म्याग्दीको मालिका गाउँपालिका –४ फुलबारीमा रहेको छहारी युवा क्लबले वार्षिकोत्सव मनाएको छ । क्लबले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको हो । क्लबको आयोजनामा १ गतेदेखी संचालन भएको पुरुष तथा महिला भलिबल प्रतियोगिता सहित विभिन्न कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक रमेश पुन मगरले जानकारी दिनुभयो ।


बुधबार सम्पन्न पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइलन खेलमा पुरुषतर्फ एसकेवाइसी तोरीपानी प्रथम भएको छ भने महिला तर्फ जनसाहारा युवा क्लब डाँडागाउँ प्रथम भएको खेलकुद संयोजक विकास मल्लले जानकारी दिनुभयो ।

फाइनल खेलमा एसकेवाइसी युवा क्लब तोरिपानीले जनकल्याण युवा क्लब निस्कोट र जनसाहारा युवा क्लबले तामाखानी युवा क्लब ओखरबोटलाई पराजित गर्दै भलिबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएको थियो । फाइनल खेलमा पुरुष भलिबल प्रतियोगितामा एसकेवाइसी तोरिपानीले जनकल्याण युवा क्लब माथि एकका विरुद्ध तीन सेट र महिलातर्फ जनसाहारा युवा क्लबले तामाखानी युवा क्लब माथि शुन्यका विरुद्ध दुई सेट जित निकाल्दै विजयी बनेका थिए ।

जित संगै पुरुषतर्फ एसकेवाइसी तोरिपानी र जनसाहारा युवा क्लबले क्रमश ः ४० हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र तथा १५ हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र हात पारेका छन् भने उपविजेता बनेको जनकल्याण युवा क्लब र तामाखानी युवा क्लबले क्रमश ः२५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र तथा ८ हजार रुपैयाँ मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएका छन् । यसैगरी तारोखेल प्रतियोगितामा मालिका आर्चरी क्लब दरबाङ विजेता तथा नवसिर्जना युवा क्लब रुन्मा उपविजेता बनेको छ । विजेता मालिका आर्चरी क्लब दरबाङले ३५ हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र तथा उपविजेता नवसिर्जना युवा क्लबले २० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएको क्लब सचिव दिनेश पुन मगरले जानकारी दिनुभयो ।

साथै कार्यक्रममा सालैजो नृत्य प्रतियोगिता ,पुरुष तथा महिला लठो तान्ने प्रतियोगिता ,पुरुष तथा महिला छेलो प्रतियोगिता लगायत विभिन्न खेलकुदमा विजेता र उपविजेतालाई पुरस्कारले सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष सुजन हमालले खेलकुदको प्रवद्र्धन तथा मौलिक कला संस्कृतीको उजागर तथा संरक्षण गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगिता संचालनमा आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष हमालले भन्नुभयो ‘प्रतियोगिताबाट आउने आम्दानी सामाजिक कार्यमा खर्च गर्नेछौं । ’ क्लबका पुर्व अध्यक्ष तुलनारायण बुढा र पुर्व सचिव कमल सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  २२:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP