शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार गौतम सहित साहित्यकार र पाँच जना बिद्यार्थी पुरस्कृत (तस्बिरहरु)
धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार गौतम सहित साहित्यकार र पाँच जना बिद्यार्थी पुरस्कृत (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन १८, २०८०
426252960_3692869744290646_8893095522941512349_n
बेनी । धनेश्वरी–तारानाथ स्मृति कोषले म्याग्दीका एक जना पत्रकार,साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शिक्षा तथा धार्मिक ब्यक्तित्व धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पु¥याउनेलाई सम्मान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको थियो ।बेनी नगरपालिका–५,पूलाचौरस्थित जनकल्याण माविमा आयोजित एक समारोहमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम,साहित्यकार अजयमिलन श्रेष्ठलाई दश÷दश हजार, दोसल्ला, सम्मानपत्र सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत पत्रकार गौतम बेनीबाट प्रकाशन हुने बेनी साप्ताहिक र बेनीअनलाइनका प्रकाशक तथा प्रधानसम्पादक हुन् । बि.स २०६४ देखि पत्रकारितामा क्रियाशिल गौतम म्याग्दीबाट नागरिक राष्ट्रिय दैनिक, पब्लिक फोर के टेलिभिजन र ढोरपाटन दैनिक लगायतका सञ्चार माध्यममा सम्बाददाताको रुपमा काम गर्दै आएका छन् ।कोषले जनकल्याण माबिबाट बिस २०७९ को एसइइ परिक्षामा सर्बोत्कृष्ट नतिजा ल्याउने गुञ्जना श्रेष्ठलाई २० हजार सहित पुरस्कृत गरेको छ । खसआर्य तर्फ प्रशंसा पौडेल, जनजातितर्फबाट आकृति श्रेष्ठ, दलिततर्फ अभिषेक दर्जी र बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत बिद्यालयका उत्तम सुबेदीलाई पन्ध्र÷पन्ध्र हजार प्रदान गरिएको थियो । पुरस्कृत हुने पत्रकार, साहित्यकार, विद्यार्थीलाई प्रमुख अतिथि जगद्गुरू हिमालय बाबा,कोषका सचिब माधबप्रसाद रेग्मी,लक्ष्मी रेग्मी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले पुरस्कार बितरण गरेका थिए । सोही अवसरमा स्थानीय सांस्कृतिक समुहलाई १० हजार, आमा समुहलाई ५ हजार नगद प्रदान गरिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, दाजुहरु मुकुन्द, नारायण, स्वर्गीय मोहन र रामप्रसाद रेग्मी लगायत परिवारका सदस्यहरुले १८ लाख रुपैयाँको कोष स्थापना गरेका थिए । पुरस्कार बितरण समारोहमा विद्यालयका पुर्व विद्यार्थी एवम् अमेरिकामा बस्ने विजय रेग्मीले जनकल्याण माबिको अक्षयकोषका लागि ५१ हजार ५५५प्रदान गरेका थिए । सोही अवसरमा साहित्यकार अजयमिलन श्रेष्ठले लेखेको स्वर्गीय पंण्डित तारानाथ रेग्मीीको जीवनकाब्यको बिमोचन गरिएको थियो । तत्कालिन समयमा प.रेग्मीको घरबाट जनकल्याण प्रावि सञ्चालन भएको थियो । पुलाचौर र आसपासको क्षेत्रमा शैक्षिक बिकासमा रेग्मी परिवारको महत्वपूर्ण योगदानको कार्यक्रममा चर्चा गरिएको थियो । पुरस्कार वितरण समारोहमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा, म्याग्दी बहुमुखी क्याम्पस सञ्चालन समितिकिा अध्यक्ष सोमनाथ ढुंगाना,जनप्रिय मावि दरबाङका सहायक प्रअ नगेन्द्र खत्री, जनकल्याण माविका प्रअ कमलप्रसाद पौडेल,बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरी,साहित्यकार अजयमिलन श्रेष्ठ, पत्रकार हरिकृष्ण गौतम, कोषका कोषाध्यक्ष मित्रलाल रेग्मी,विद्यार्थी गुञ्जना श्रेष्ठ, उत्तम सुबेदी लगायतले बोलेका थिए । जगद्गुरू हिमालय बाबाले म्याग्दीको धार्मिक र शैक्षिक क्षेत्रको विकासका लागि हातेमालो गर्न बताए । उनले पुलाचौर धार्मिक दृष्टिकोणले नेपालमै प्रख्यात रहेकाले यहाँको विकास तथा संरक्षणका लागि समुदायसँग अगाडी बढ्ने बताए । सोही अवसरमा जगदगुरू हिमालयबाबालाई स्थानीयबासी, विद्यालय परिवारले अभिनन्दन समेत गरेका थिए । जनकल्याण माबिको ब्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, धनेश्वरी–तारानाथ स्मृति कोषका सचिव माधबप्रसाद रेग्मीको स्वागत र शिक्षकद्धय गिता आचार्य र शान्ति शर्मा पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । सोही अवसरमा विद्यालयले त्रैमासिक परीक्षाको अवसरमा पुरस्कार समेत वितरण गरेको थियो ।    
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १९:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP