शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी उद्योग वाणिज्य संघको १२ औँ अधिवेशन,लगानीमैत्री वातावरण बनाउन माग (फोटो फिचर)
म्याग्दी उद्योग वाणिज्य संघको १२ औँ अधिवेशन,लगानीमैत्री वातावरण बनाउन माग (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन १९, २०८०
IMG_0486
बेनी । म्याग्दी उद्योग वाणिज्य संघको ३० औं साधारणसभा तथा १२ अधिवेशन बेनीमा सुरु भएको छ । जिसस सभाहलमा सुरु भएकाे   कार्यक्रमको शनिवार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले म्याग्दीको विकासको लागि लगानीमैत्री वातावरण बनाउने संकल्प गर्नुपर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारहरुबिचमा समन्वय नहुँदा लगानीकर्ता र व्यवसायीहरुले अलझन व्यहोर्नु परेको उल्लेख गर्दै उपयुक्त समय भएमा एक बर्षमै लगानीको क्षेत्रमा ठूलो उपलब्धी हुने विचार व्यक्त गर्नुभयो । म्याग्दी पर्यटन, जलविद्युत र धार्मिक क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा लगानी बढाउन सकेमा रोजगार सिर्जना र जिल्लाको समृद्धिमा टेवा पुग्ने बताउनुभयो । कालीगण्डकी कोरिडोर आयोजनालाई सम्पन्न गर्न र कोरला नाकाको पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि महासंघले सरकारलाई निरन्तर माग गर्दै आएको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष आनन्दराम मुल्मी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतले भारत र चिन जोड्ने छोटो दुरीको कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिका लागि सञ्चालित योजनालाई जति सक्दो छिटो पूर्णता दिन सकेमा यसबाट चिनका वौद्धधर्मावलम्बीलाई लुम्बीनी र भारतीय हिन्दुधर्मावलम्बीलाई मानसरोबार जाने आउने मार्गका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।संविधान सभा सदस्य नवराज शर्मा र गोविन्द पौडेलले म्याग्दीको जलविद्युत, पर्यटन, कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी भित्र्याउन आग्रह गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी र बिमला गौचनले म्याग्दीका विकास निर्माणका कामलाई तिब्रता दिनुका साथै निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण बनाउने प्रतिवद्धता जनाउनुभएको थियो ।जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, नेपाली कांग्रेस म्याग्दीका उपसभापती हरिकुमार श्रेष्ठ, लगायतले म्याग्दीमा पर्यटक भित्र्याउने र भुलाउने योजना र कार्यक्रममा निजी क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभएको थियो । संघका अध्यक्ष बेलबहादुर कटुवालले संघको गतिविधि र म्याग्दीमा उद्योग व्यवसायको अवस्था र सम्भावनाको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा पत्रकारिता मार्फत म्याग्दीको विकास र समृद्धिमा योगदान दिएको भन्दै म्याग्दीअनलाइनका सम्पादक कमल खत्री सहित पत्रकार ठाकुर प्रसाद आचार्य र प्रकाश पौडेललाई सम्मान गरिएको थियो ।यसैगरी सङ्घले जिल्लामा सामुदायिक तर्फ स्नातक तह व्यवस्थापन सङ्कायमा उत्कृष्ट अङ्क ल्याउने लिलकुमारी पुर्जा र प्रविन पौडेललाई जनही नगद पाँच हजार सहित सम्मान गरेको छ । उत्कृष्ट मालिका गाउँपालिका बजार इकाई र धवलागिरी बजार इकाईलाई सम्मान गरेको छ । सङ्घले विभिन्न सङ्घ संस्था ,व्यवसायी , र उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान गरेको छ ।उक्त कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले म्याग्दी उद्योग बाणिज्य संघको हितकोषमा नगद रु १ लाख र महिला उद्यम विकास समितिले माघे संक्रान्ति मेलामा बचत गरेको रु १ लाख समेत हितकोषमा प्रदान गरिएको थियो । उक्त अवसरमा संघले विभिन्न क्षेत्रका व्यक्ति र सहयोगी संघ संस्थाहरुलाई सम्मान समेत गरेको थियो । नयाँ नेतृत्व चयनका लागि अहिले अधिवेशनको बन्दसत्र सुरु भएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २३:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP