शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ (फोटो फिचर)
म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन २१, २०८०
20240303233445_IMG_0605
बेनी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी  सुविन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । बेनी स्थित धर्मनारायण इन्टरप्राइजेजका प्रोप्राइटर श्रेष्ठ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालका अनुसार कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम ,दित्तिय उपाध्यक्षमा अमृत बानियाँ,महासचिवमा नारायण जिसी,कोषाध्यक्षमा सुमन श्रेष्ठ ,सचीवमा मोतिलाल पौडेल, सहसचीवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा बाबुराम आचार्य चयन हुनुभएको छ । सबै कार्यसमिति सदस्यहरु सर्वसम्मत चयन भएका छन् । नयाँ कार्यसमिति पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत चोखालले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो । अध्यक्ष श्रेष्ठले सर्वसम्मत चयन गर्न सघाउने सबैलाई धन्यवाद व्यक्त गर्दै संस्थाको नितिनियम अनुसार उद्योगीव्यवसायीको हकहित र उनिहरुको सुरक्षा ,संस्थाको गरिमा बढ्ने गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । तीन वर्षे कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । तीन वर्षे कार्ययोजना अन्तर्गत जिल्लाको पर्यटन ,उत्पादन,कृषि ,जडिबुटी ,हाइड्रो र खानी लगायत क्षेत्रमा लगानी भित्र्याउन ,पुर्वाधार निर्माणमा आफु र उद्योग वाणिज्य संघले पहल थाल्ने बताउनुभयो । जिल्लामा बसाइँसराइ रोक्न र व्यवसायीलाई चलाएमान बनाउन समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।   निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले अध्यक्ष लगायत नयाँ कार्यसमिति सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।साथै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।    
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ००:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP