शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जलजला गाउँपालिका गाउँसभाको १६ औँ अधिवेशनबाट १ करोड ३९ लाख रुपैयाँ थप बजेट विनियोजन (तस्बिर/भिडिओ)
जलजला गाउँपालिका गाउँसभाको १६ औँ अधिवेशनबाट १ करोड ३९ लाख रुपैयाँ थप बजेट विनियोजन (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन २१, २०८०
IMG_0814
म्याग्दी। पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको हो । गाउँसभाले वडा र बिषयगत शाखाको विभिन्न योजनाको बजेट रकमान्त र संशोधन समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँसभाले निर्वाधिन स्टोर तथा आवास भवनको लागि रु ९० लाख बजेट विनियोजन गरेको छ भने अन्य बजेट खानेपानी, शिक्षा लगायतका पूर्वाधार योजनामा विनियोजन गरिएको छ । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/WSGXO7Ni_3o[/embed] गाउँसभामा उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको थप बजेट सहित विभिन्न योजनाहरुको बजेट रकमान्तर र संसोधन सहितको प्रस्ताब सर्वसम्मतीले पारित भएको थियो । सभामा कार्यसम्पादमा उत्कृष्ट कर्मचारीको रुपमा सूचना तथा सञ्चार प्रविधि अधिकृत सुदिप पौडेल र उत्कृष्ट कर्मचारीको रुपमा सूचना अधिकारी भेषनाथ आचार्यलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गाउँसभामा गाउँपालिकाको चालु आर्थिक बर्षको गत साउनदेखि फागुन २० गतेस्म्मको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले वडा स्तरका विभिन्न ३८ वटा योजना निर्माण सम्पन्न भएको र ८६ वटा योजना सम्झौता भएर कार्यान्वनको चरणमा रहेको जानकारी दिनुभयो । गाउँपालिकाको संघीय अनुदान, प्रदेश अनुदान, राजश्व बाडफाँड र आन्तरिक आम्दानी समेत गरी कुल ४७ करोड १० लाख आय हुने अनुमान गरेकोमा हालसम्म रु २५ करोड ७५ लाख ७२ हजार ६४ वास्तविक आय भएर चालुतर्फ ४७ दशमलब ७५ प्रतिशत र पुँजीगततर्फ ३५ दशमलब ९ प्रतिशत बजेट खर्च भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष आचार्यले चालु आर्थिक बर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम र गाउँसभाबाट स्विकृत भएका थप योजना तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयनमा कर्मचारी र जनप्रतिनिधि जुट्नुपर्ने बताउनुभयो । उहाँले गाउँसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जिज्ञासा मेटाउँदै गाउँपालिकाले भूगोल र जनसंख्या तथा अत्याबश्यक आवश्यकताहरुलाई ध्यानमा राखेर बजेट विनियोजन गर्ने गरेको बताउँदै कार्यान्वयनमा समेत सबै पक्षबाट सकरात्मक सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँसभा सदस्यहरुले बजेट विनियोजन र योजना कार्यान्वयन तथा सेवा प्रवाहका सम्वन्धमा प्रश्न र जिज्ञासा राखेका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २०:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP