शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा भक्तजनको भीड (फोटो फिचर)
गलेश्वरमा भक्तजनको भीड (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन २५, २०८०
20240308_081157
गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा भक्तजनको भीड लागेको छ । शिवरात्रीको अवसरमा शुक्रबार विहानैदेखि गलेश्वरधाममा दर्शन र पुजाआजा गर्नेको भीड लागेको हो । विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । गलेश्वर क्षेत्र बिकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले काठमाडौं, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीका ग्रामिण क्षेत्रबाट भक्तजन आउने गरेको बताउनुभयो ।गलेश्वर सहित बेनी शिवालय,बाबियाचौर,अर्मनको कैलाशफाँट, दरवाङ लगायत ठाउँमा रहेको शिवालयहरुमा शिवरात्री पर्वको अवसरमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ । गलेश्वरमा शिवरात्री, बालाचर्तुदशी र साउन महिनाको सोमबारका दिन विशेष मेला लाग्ने गर्छ । गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकाङक्षा पुरा हुने जनविश्वास छ । मन्दिरमा प्रहरी,गलेश्वर स्थित आमा समुह विभिन्न सङ्घसंस्थाले स्वयमसेवकको भूमिका सहित मन्दिर प्रवेशमा सहज बनाउन,भक्तजनको सुरक्षा,पुजाआजालाई ब्यवस्थित बनाइएको छ । शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनका अनुसार,पार्किङस्थलमा ट्राफिक प्रहरी सहित स्वयमसेवक परिचालन गरिएको छ । त्यस्तै मन्दिरको प्रवेशद्धारबाट लाइनमा बसेर पुजाआजा गरेपछि फर्कने ब्यवस्था मिलाइएको छ ।भक्तजनलाई मन्दिरका महत्वपुर्ण स्थानमा जडान गरिएका सिसी क्यामेरालाई सचिवालयबाट निगरानी समेत गरिएको छ । शुक्रबार बीस हजार बढी भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वर्क अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । हिन्दु तथा वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रुपमा परिचित गलेश्वरलाई पछिल्लो समय पश्चिमको पशुपतिनाथ समेत भन्न थालिएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP