शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कोत्रबाङमा शिवालय मन्दिर उद्घाटन (फोटोफिचर)
कोत्रबाङमा शिवालय मन्दिर उद्घाटन (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन २५, २०८०
431207104_904423324797543_1437986771986971248_n
बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,कोत्रबाङमा नवनिर्मित शिवालय मन्दिरको उद्घाटन गरिएको छ । कोत्रबाङ स्थित शिवालय विशाल आमा समुहको अगुवाईमा निर्माण भएको मन्दिरको शुक्रबार शिवरात्रीकाे अवसरमा   प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । सोही अवरमा प्राणप्रतिष्ठा समेत गरिएको छ । भने मन्दिर निर्माणमा सहयोग गर्ने चन्दातालाई समेत सम्मान गरिएको छ । आमा समुहको अगुवाईमा समुदाय स्तरबाट मन्दिर निर्माण हुनुले धार्मिक क्षेत्रको संरक्षणमा ठुलो टेवा पुग्ने सांसद गर्बुजाले बताउनुभयो । कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले जिल्लाको विकास सँगै जिल्लाबासीको जीवनस्तरमा परिवर्तन ल्याउन सबै एक हुनुपर्नेमा जोड दिनुभयो । शिवालय मन्दिर निर्माण समितिका सदस्य चित्रबहादुर खत्रीका अनुसार मन्दिर निर्माणमा १३ लाख २७ हजार २०० रुपैयाँ खर्च भएको छ । करिब एक वर्षमा मन्दिर निर्माण सम्पन भएको हो । आमा समुहको अगुवाईमा मन्दिर निर्माणको लागि १४ लाख ५२ हजार ९८२ रुपैयाँ संकलन भएको थियो । मन्दिर निर्माण समितिका अध्यक्ष श्रीबहादुर कार्कीको अध्यक्षता ,समाजसेवी श्रीराम पौड्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य विरेन्द्र खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २२:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP