शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कांग्रेसको व्यवहारले बाम सहकार्यको वातावरण बनायो : नेता शर्मा
कांग्रेसको व्यवहारले बाम सहकार्यको वातावरण बनायो : नेता शर्मा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन २६, २०८०
Dinanath sharma
म्याग्दी । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रिय सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका बामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको बताउनु भएको छ । म्याग्दीको बेनीमा शुक्रबार नेकपा (माओवादी केन्द्र)का जिल्ला तथा प्रदेश तहका नेताहरुसँग भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा बामपन्थि राजनीतिक शक्तिको सहकार्यलाई दिर्घकालिन बनाउनु राष्ट्रिय आवश्यकता भएको बताउनुभयो । “कांग्रेसका मन्त्रीहरुले सरकारलाई जनअपेक्षा अनुसार काम गर्न सहयोग नगर्दा समस्या थियो,” उहाँले भन्नुभयो “महासमिति बैठकबाटै गठबन्धन नगर्ने विषयमा उसले लिएको नीतिले बामपन्थी राजनीतिक शक्तिहरुबीच सहकार्यको परिस्थिति सिर्जना भएको हो ।” कोसी प्रदेशमा मुख्य मन्त्री चयन, राष्ट्रियसभाको चुनावमा काँग्रेसबाट राजनीतिक बेइमानी भएपछि अविश्वास सिर्जना भएको र एमाले तथा माओवादीका शिर्ष नेताहरुबीच विगतको कमजोरी सच्चाएर सहकार्य गर्ने समझ्दारी बनेको शर्माको भनाई छ । राष्ट्रिय समस्या समाधान, अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणलाई तिब्रता दिने, शुसासन कायम गराउन, शान्ति प्रक्रीया र संविधान कार्यान्वयनलाई तिब्रता दिन सरकारले प्राथमिकता दिने शर्माले बताउनुभयो । पुर्नगठन भएको तीन दिनमै सरकारले पूर्णता पाउनुलाई सकारात्मक रुपमा लिन आग्रह गर्दै परिश्थितिको सामना गर्दै उपलब्धीको रक्षा र जनजिविकाका मुद्दामा सरकार तथा माओवादीले जोड दिएको बताउनुभयो । बाम सहकार्यले बामपन्थी राजनीतिक दलहरुबीच पुन एकताको आधार पनि बनेको बताउनुभयो । संसदीय अंकगणितले वाम सहकार्यको वातावरण बनेपनि आफ्नै तागतमा उभिएर एक्लै चुनाव लड्ने तयारी गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । गण्डकी प्रदेश सरकार गठनमा देखिएको राजनीतिक समस्या समाधानका लागि सत्ता साझेदार दलका शिर्ष नेताहरुबीच छलफल गरेर निर्णय लिइने शर्माले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०७:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP