शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु
जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन २६, २०८०
IMG_0516
बेनी ।पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभयो । खेल पूर्वाधारको विकास गरी पालिकामा खेलाडी उत्पादनलाई प्राथमिकता दिन उहाँले अनुरोध गर्नुभयो । अध्यक्ष कप भलिबल प्रतियोगिताले पालिका भित्र रहेका खेल प्रतिभालाई उजागर गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पालिका स्तरीय खेलाडीहरुको छनौंट गरी नियमित रुपमा खेल अभ्यास गरी जिल्ला,प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरुमा भाग लिनसक्ने गरी खेलाडी उत्पादन गर्नुपर्ने उहाँको भनाई थियो । नेपाली कांग्रेस जलजला गाउँपालिका कार्यसमितिका सचिव नविन जिसीले अध्यक्ष कप खेलकुद प्रतियोगिताले गाउँमा रहेका युवाहरुलाई उत्साह पैदा गरेको बताउनुभयो । स्वास्थ्यका लागि पनि खेलकुद अनिवार्य भएकाले पालिकाले खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा बजेट निर्माण गर्नुपर्ने उहाँको सुझाव थियो । नेकपा एमाले जलजला गाउँपालिका कमिटीका अध्यक्ष बाबुराम कार्कीले खेल क्षेत्रमा लगानी बढाएर राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । यसैगरी नेकपा (माओवादी केन्द्र) केन्द्र जलजला पालिकाका इन्चार्ज लोकराज आचार्यले वडास्तरमा खेलाडी उत्पादन र खेल प्रतिभाको विकासका लागि अध्यक्ष कप प्रतियोगिता उपयोगी हुने विचार व्यक्त गर्नुभयो । वडा नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीले गाउँपालिकाले खेल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहन गर्न प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेलाडीहरुलाई अनुशासित भएर आफ्नो प्रतिभा देखाउन अनुरोध गर्नुभयो । पालिकामा खेलकुद समिति गठन गरी वार्षिक क्यालेण्डर बनाएर खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने पालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिका भित्र खेल पूर्वाधार विकासलाई आगमी दिनमा थप बजेट विनियोजन गर्ने उहाँको प्रतिवद्धता थियो । पालिकामा खेलाडी उत्पादन गर्ने उद्देश्यले अध्यक्ष कप प्रतियोगिताको आयोजना गरिएको पालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । उहाँले पालिकामा खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा ९ वटै वडाका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता आइतबार सम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई एकलाख एकहजार एकसय एघार रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र,द्धितीय हुनेलाई पचास हजार पाँचसय ५५ रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई तीस हजार तीनसय ३३ रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र र सान्त्वना हुनेलाई दश हजार एकसय एघार रुपियाँ ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । अध्यक्ष कपको अवसरमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कर्मचारीको समुहलाई पराजित गर्दै जनप्रतिनिधिको समुह विजयी भएको थियो । उद्घाटन कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले गर्नुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  २०:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP