शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको पदस्थापना (तस्बिरहरु)
म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको पदस्थापना (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन २८, २०८०
431304010_3010972355699947_7704324942077019613_n
बेनी । म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गरिएको छ । संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत रुपमा सुविन श्रेष्ठको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिलाई सोमबार औपचारिक रुपमा पद हस्तान्तरण सहित पदस्थापना गरिएको हो ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम गौतम ,दित्तिय उपाध्यक्ष अमृत बानियाँ, महासचिव नारायण जिसी, कोषाध्यक्ष सुमन श्रेष्ठ ,सचिव मोतिलाल पौडेल,सह–सचिव टेकप्रसाद सापकोटा र सह–कोषाध्यक्ष बाबुराम आचार्य लगायत कार्य समितिले औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ भने आमन्त्रीत सदस्यमा मनोनित भएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले म्याग्दीका उद्योगी व्यवासायीहरुले उत्पादनमुलक र पर्यटन विकासका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले नीजि क्षेत्रसंग साझेदारी गर्ने नगरपालिकाको नीतिलाई आगामी दिनमा थप प्रभाबकारी बनाउने बताउँदै पर्यटन प्रवद्र्धनको क्षेत्रमा नीजि क्षेत्रको सक्रियता आबश्यक रहेको बताउनुभयो । उहाँले व्यवसायीहरुले रहरले कर तिर्नुपर्ने बताउँदै नगरपालिकाले करदको दरलाई घटनाएर दायरा फराकिलो बनाउन थालेको बताउनुभयो । याे पनि... [embed]https://myagdinews.com/2024/03/74335/[/embed] कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछानेले उद्योगी व्यवसायीले गर्ने लगानीले रोजगार र अवसर सिर्जना गर्ने बताउँदै जिल्लाका सम्भावनाहरुको खोजी र उजागरमा समेत अग्रसर बन्नुपर्नेमा जोड दिनभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार व्यवसायबाट आर्जन गरेको पुँजीलाई संचय गरेर ठूला योजनामा लगानी गर्न सके रोजगार र प्रतिफल सिर्जना हुने बिचार व्यक्त गर्नुभयो । कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल, पूर्व अध्यक्षहरु कुविर कुमार श्रेष्ठ, जीवन कुमार विश्वकर्मा, सुदर्शन कुमार श्रेष्ठ, उत्तम कर्माचार्य लगायतले जिल्लाका सबै स्थानीय तह र बजार क्षेत्रमा पुगेर संघका गतिविधिलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिनुभएको थियो । संघका नवनिर्वाचित अध्यक्ष सुविन श्रेष्ठले तीन बर्षे कार्ययोजना बनाएर संघका गतिविधिलाई प्रभाबकारी बनाउने बताउँदै जिल्लामा व्यापार व्यवसायको विस्तार र लगानीका क्षेत्रको पहिचान गर्न संघलाई क्रियाशिल बनाउने प्रतिबद्धता जनाउनुभएको थियो भने महासचिब नारायण जिसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP