शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु (तस्बिर/भिडिओ)
वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत १, २०८०
IMG_4187
म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु भएको छ । आज (बिहीबार) एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दी जिल्लामा रहेका संघ तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको समीक्षा सुरु गरिएको हो ।
वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले आफू जिल्लाको विकास निर्माणमा केन्द्रीत भएर लागेको बताउनुभयो । उहाँले माननीय भएको दुई वर्ष प्रवेश गरेको अहिलेसम्म आफूले कुनै कार्यालय वा कसैलाई पनि नराम्रो बोली नबोलेको बताउँदै बजेट, नीति र योजना कार्यान्वयन गर्नका लागि कर्मचारी पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
भिडिओ हेर्नुहोस् ...
[embed]https://youtu.be/vs8RYTH-uY0[/embed]
गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले नेपालमा संघीयताको मोडेल खासगरी प्रदेश तह भएकाले यसलाई सम्बन्धित सबै पक्षबाट पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले संघीयता अभिशाप नभई बरदान भएको भन्दै दुर्गम तथा पछाडि परेका जिल्लाहरुको विकास निर्माणमा संघीयताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । म्याग्दीको विकास निर्माणका लागि आफूले प्रदेशमा रहेर सक्दो पहल गरेको उहाँको भनाइ छ ।
संविधानसभा सदस्य गोविन्द पौडेलले तत्कालीन समयमा जनप्रतिनिधिविहिनको अवस्थामा म्याग्दीले सर्वदलीय संयन्त्र निर्माण गरी जिल्लाको विकास निर्माणमा पहल गरिएको र म्याग्दीको सिको केन्द्रसहित देशभर पुगेको स्मरण गर्नुभयो । जिल्ला समन्वय समिति म्याग्दीका पूर्व प्रमुख देवेन्द्रबहादुर केसीले संविधानमा व्यवस्था भएअनुसार जिल्ला समन्वय समितिको गठन भई कामकारवाही अगाडि बढेको अवस्थामा जिल्ला समन्वय समितिका लागि आवश्यक बाँकी ऐन, कानुनहरु बन्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारी, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष शेरबहादुर केसीले जिल्लाको विकास निर्माणमा सबै दलहरु एक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका यामबहादुर किसान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले म्याग्दीको स्रोतसाधनहरु परिचालन गरेर जिल्लाको विकास गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमको अवसरमा गण्डकी प्रदेशमा उत्कृष्ट डिभिजन वन कार्यालय म्याग्दी र स्थानीय तहमध्ये कार्यसम्पादनमा उत्कृष्ट हुन सफल बेनी नगरपालिकालाई जिल्ला समन्वय समितिको तर्फदेखि दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटनसत्र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता, उपप्रमुख डिलकुमारी खत्रीको स्वागत र जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । नवौं जिल्ला सभाको उद्घाटनसत्रपछि जिल्लास्थित संघ, प्रदेशका विषयगत कार्यालय र स्थानीय तहबाट सम्पादित एवं सञ्चालन भएका कार्यक्रम तथा योजनाहरुको प्रस्तुतीकरण भैरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २०:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP