शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • १५ लाख बढी सहयोग जुटाएर करिब २ किलोमिटर पदमार्ग निर्माण
१५ लाख बढी सहयोग जुटाएर करिब २ किलोमिटर पदमार्ग निर्माण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत ४, २०८०
padmarga raghuganga
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– २,रिसिनचौतारीका युवाहरुले श्रमदान र सहयोग जुटाएर स्वर्ग जाने पदमार्ग निर्माण गरेका छन् । वडा कार्यालय–भिरपाटा– चौर– रिसिनचौत्तारी हुँदै सिरूबारी आर्यघाट जार्ने पदमार्ग निर्माण अन्तरगत हाललाई बेनी जोमसोम सडक खण्ड अन्तरगत सिरुवारी आर्यघाट देखि रिसिनचौतारी सम्म पक्की पदमार्ग निर्माण गरिएको हो । सो पदमार्गको शनिबार सार्वजनिक सुनुवाई तथा सहयोगी सम्मान कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको छ । समितिका कोषाध्यक्ष शिवध्वज कार्कीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार कुल रु १५ लाख २७ हजार ३३३ रुपैयाँ सहयोग संकलन भएको र १४ लाख ७७ हजार ३३३ रुपैयाँ खर्च भई रु पचास हजार समितिको खातामा बचत भएको छ । कार्यक्रममा बौल्दै रघुगंगा गाऊँपालिका–२ का वडा अध्यक्ष अमृत भण्डारीले गाउँको विकासमा सरकारी बजेट मात्र ताकेर बस्नेहरुका लागि पदमार्ग निर्माण खटिएका युवाहरु उदाहरण बनेको बताउनुभयो । ‘वडा कार्यालय समन्वय गरी सहयोग र श्रमदान मार्फत पदमार्ग निमार्ण कार्य गरेको युवाको प्रशंसा गर्नुभयो, उक्त पदमार्गलाई वडा कार्यालय संग जोड्नका लागि तथा सिरुवारीमा थप पूर्वाधार निर्माण गर्नका लागि यसै आर्थिक बर्षमा रु १० लाख बजेट व्यवस्थापन गरेको बताउनुभयो ।’ त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका पूर्व प्रमुख देबेन्द्र बहादुर केसीले समाज परिर्वतनमा युवाहरुको भूमिका महत्वपूर्ण रहने भन्दै गाउँमा हुने विकासमा यसरी हातेमालो गर्दै अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले यस्ता कामहरु अन्य गाउँ र समुदायका लागि पनि उदाहरण हुने बताउनुभयो । हामीले गाउँको सबैभन्दा बढी प्रयोग हुने पदमार्ग निकै जिर्ण बनेको थियो, त्यसलाई पक्की बनाउनका लागि वडा कार्यालय संग समन्वय गरी निर्माण कार्य सुरु गरेर हाललाई सिरिनचौतारी सम्म लिएको पदमार्ग निर्माण समितिका अध्यक्ष सागर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा कोही दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन यस पदमार्गले सहज हुनेछ । ‘स्वदेशमा हुनेले श्रमदान गर्नुभएको छ भने विदेशमा हुने गाउँलेले नगद सहयोग गर्नुभयो केसीले भन्नुभयो ।’ गाउँको भेलाबाट पक्की पदमार्ग निर्माण गर्नका लागि प्रत्येक घरबाट कम्तिमा पाँच दिनसम्म श्रमदान गर्नुपर्ने नियम बनाईएको थियो ।   कार्यक्रमका अबसरमा पदमार्ण निर्माण गर्नका लागि आर्थिक सहयोग गर्ने सहयोगदातालाई सम्मान र पदमार्ग निर्माण कार्यमा ४० दिन सम्म श्रमदान गर्ने व्यक्तीलाई समेत सम्मान गरिएको थियो । उक्त पदमार्ग निर्माण कार्य नमुना भएको र समयमा पार्दशी तरीकाले समयमा नै काम सम्पन्न भन्दै निर्माण समितिलाई वडा कार्यालयले दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थियो ।आयव्याय सार्वजनिक कार्यक्रममा स्थानीयले आफुलाई लागेका गुनासो र सुझावहरु राखेका थिए । कार्यक्रम केसीको अध्यक्षता मनबहादुर केसीको संचालन र समितिका कोषाध्यक्ष कार्कीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा पत्रकार अमित विश्वकर्मा र राकेश शर्माले सहजिकरण गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP