शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पर्वत बेनीमा करिब ३० करोड लगानीमा बन्यो सुविधा सम्पन्न होटल(भिडिओ सहित)
पर्वत बेनीमा करिब ३० करोड लगानीमा बन्यो सुविधा सम्पन्न होटल(भिडिओ सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत ६, २०८०
hotel gyan gauri
बेनी । पर्वतको जलजला गाउँपालिका–३,स्थित पर्वत बेनीमा करिब तीस करोड रुपैयाँ लगानीमा होटल ज्ञान गौरी प्यालेस सञ्चालनको तयारीमा छ । स्थानीय व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गर्नुभएको हो । लिफ्ट सहितको पाँच तले होटलमा ४० कोठा रहेका छन् ।होटल सहित गार्डेन,पार्कीङ सुविधा,दुईसय पचास जना क्षमताको पार्टी प्यालेस बनाइएको छ ।होटलमा स्विमिङ पुल पनि निर्माण गरिने भएको छ । तीनवर्ष अघि ज्ञान गौरी प्यालेस प्रालिले होटलको पूर्वाधार निर्माण थालेको थियो । पूर्वाधार निर्माण सम्पन्न भएसँगै आगमी बैशाख १ गते नयाँ वर्ष देखि होटल संचालनका लागि तयारी गरिएको प्रालिका संचालक केसीले जानकारी दिनुभयो । भिडिओ हेर्नुहाेस्... [embed]https://www.youtube.com/shorts/1QzElbywvjU?feature=share[/embed] अहिले भवनमा रङ्गरोगन, विद्युत, पानी जडान, झ्याल ढोका जडान गर्ने कामलाई एकैसाथ तिब्रता दिइएको छ । अबको एक हप्ताभित्र रङ्गरोगनको काम सकेर फिनिसिङ र फर्निसिङको काममा केन्द्रित हुने उहाँको भनाइ छ । ‘पूर्वाधारको सम्पूर्ण कामहरु सकिएको छ ।कोठाहरुको व्यवस्थापन,सजावट लगायतका कामहरु सकेर नयाँ वर्ष देखि पाहुनालाई स्वागत गर्ने तयारीमा छौं,’उहाँले भन्नुभयो । यसअघि उहाँ पोखरामा व्यवसाय गर्दै आउनुभएको थियो।‘बागलुङ,पर्वत ,बेनी र मुस्ताङ घुम्न आउने पर्यटकलाई लक्षित गरेर होटल खोलिएको हो,’ उहाँले थप्दै  भन्नुभयो ,‘विशेषगरेर मुस्ताङ जाने आउने पाहुनाहरुले बेनीमा बास नपाएर फर्किने बाध्यतालाई कम गर्दै स्वदेशी तथा विदेशी पाहुनालाई उच्चस्तरको सेवा सुविधा दिन सकियोस् भन्ने उद्धेश्य पनि हो,’उहाँले थप्दै भन्नुभयो । दुई सय जीप र बस पार्किङ गर्न मिल्ने सुविधा रहेको छ । होटलमा हनिमुन स्विट रुम ३ वटा,मिनि स्विट रुम २ वटा,स्टाण्र्ड रुम १२ वटा र डिलक्स रुम २२ वटा रहेको संचालक केसीले बताउनुभयो । सवै रुमहरुमा एसी जडान गरिएको उहाँको भनाइ छ । होटलमा एकसय जना सम्म पाहुना राख्न सक्ने क्षमता रहेको छ । कालिगण्डकी करिडोर क्षेत्रमा दैनिक रुपमा पर्यटक आगमन बढेको बताउँनुभयो । यो होटल यस क्षेत्रकै सुविधा सम्पन्न होटल हुने उहाँको दावी छ । होटलका निर्माणका लागि पैतृक जग्गामा थप साढे आठ रोपनी जग्गा खरिद गरेको उहाँले बताउनुभयो । होटल संचालमा आएपछि साविक धौलागिरिको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १९:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP