शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रत्नेचौरमा निःशुल्क आँखा शिविरबाट स्थानीयवासी लाभान्वित
रत्नेचौरमा निःशुल्क आँखा शिविरबाट स्थानीयवासी लाभान्वित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत ६, २०८०
received_280474331762087
बेनी ।म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा आज (मङ्गलवार) निःशुल्क स्वास्थ्य आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखा म्याग्दीको आयोजना र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा कुल २ सय ८० जनाले आँखा चेकजाँच गरेको रेडक्रस रत्नेचौर उपशाखाका सचिव सुनिता बोगटी महतले जानकारी दिनुभयो । उहाँका अनुसार १ सय ४७ जनालाई चस्मा वितरण गरिएको छ भने १ सय ४२ जनालाई आँखामा हाल्ने औषधी वितरण गरिएको छ । यसैगरी शिविरमा ६ जना मोतियाविन्दु रोगका बिरामी पहिचान भएका छन्भने ६ वर्षदेखि ८७ वर्ष उमेर समूहका स्थानीयवासीले आँखाको चेकजाँच गरेका थिए । बिहान अर्जम र दिउँसो रत्नेचौरमा सम्पन्न निःशुल्क आँखा शिविरमा महिला १ सय ६६ र पुरुष १ सय १४ जनाले आँखाको परीक्षण गराएका थिए । आँखा शिविरमा रत्नेचौर वडा कार्यालयले आर्थिक सहयोग उपलब्ध गराइएको जनाइएको छ । सदरमुकामसम्म आएर आँखा परीक्षण गराउन नसक्ने सर्वसाधारणहरुलाई लक्षित गरेर गाउँमै सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट स्थानीयवासीहरु लाभान्वित भएका छन् । मानव शरिरको सबैभन्दा महत्वपूर्ण अङ्ग मानिने आँखाको नियमित रुपमा चेकजाँच गर्नुपर्ने सन्देश समुदायमा फैलाइएको छ । शिविरमा नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीका प्रमुख एवं नेत्र अधिकृत दिनेश बानियाँले आँखाको परीक्षण गर्नुभएको थियो । रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्य र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँको विशिष्ट आतिथ्य रहेको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाका सभापति टेकबहादुर रावलको अध्यक्षता र सचिव महतको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २१:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP