शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • चिमखोलामा भूमे पुजा (फोटोफिचर)
चिमखोलामा भूमे पुजा (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत ७, २०८०
432744166_911857850945387_2400749079604655_n
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोलामा भुमे पुजा गरिएको छ । सयौँ वर्ष पुरानो संस्कृतिलाई निरन्तरता दिएर मंगलबार मौलिक रुपमा भूमे पूजा गरिएको हो । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पूजामा मोसो, छ्याङका छोक्रा एक आपसमा दलेर नाचगान गर्ने प्रचलन रहेको छ । चिमखोलाको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी,देश विदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका मगर समुदायले भूमे पूजा गरेका हुन्। चैत महिनाको उजेली मंगलरबारका दिन जिल्लाको विभिन्न ठाउँका मगर समुदायले भूमे पूजा गरेपनि चिमखोलाको भूमे पूजाको संस्कार र संस्कृति अन्य ठाउँको भन्दा पृथक छ । भूमे थानमा पूजा गरेपछि मोसो दलेर बाजागाजासँगै नाचगान गर्दै खुसीयाली मनाउने चलन छ । बिशेष गरी प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मगर समुदायले भुमे पुजा गर्दै आएका छन् । छरिएर रहेका मगर समुदायले गाउँठाउँ अनुसार फरफरक शैली र फरक मितिमा भुमे पुजा गर्ने गर्दछन् । अधिकांश ठाउँमा मगर समुदायले भूमेलाई साँडको बलि दिएर पूजा गरेपछि छेमाहरु र पूजारीले राखेको जाँड चढाउने गरिन्छ । त्यसपछि जाँडको छ्याङ खाने परम्परा छ । भने चिमखोलामा भने एकआपसमा मोसो लगाएर नाचगानसहित रमाइलो गर्ने प्रचलन छ । भुमे देवताको पुजा गर्दा बर्षभरिको खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहुने, स्थानियबासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौदेखी भुमे देवताको पुजा गर्दै   वडा अध्यक्ष थकप्रसाद पाइजाले बताउनुभयाे  । चिमखोलामा भूमे थानमा मगर जाति भित्रको मुख्य पुन थरका पुजारीले पुजा गर्दै आएका छन् । पूजारीले पूजाको तीन दिन अघि नै सागरे छहरा थानमा पूजा गर्ने र सोही दिन बनाउने छ्याङलाई भूमे पूजामा मुख्य प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको स्थानीय चिनिमायाँ पुनले बताउनुभयो । गाउँभेलाबाट भूमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद संकलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन रहेको उहाँको भनाइ छ । छेमाहरुले एक महिनाअघि राखेको जाँडलाई भूमेथानमा विधिपूर्वक चढाएर खाने, सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गार एकअर्कालाई दलेर नाचगान गर्ने गरिएको चिनिमायाँले बताउनुभयो । भूमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पूख्र्यौली सेदो गीत गाउँदै थान परिसरमा भान्सा चलाएका सबै चुला फन्को मारेर चुला उठाउने गरिन्छ भने भूमेथानबाट गाउँ फर्कने क्रममा भैच मायाले (साइलो भाका) मा दोहोरी गाउँदै नाचगान गरिन्छ । यसरी गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक, समाजसेवी, जनप्रतिनिधि र अगुवालाई काँधमा बोकेर सम्मानसहित गाउँमा पु¥याउने गर्दछन् ।पूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव गरिन्छ । यस दिनमा छेमाहरुले टोपा नाच प्रदर्शन गर्दछन् भने सरमाजाले जुरेचल्ला, दुलहादुलहीको कलस जुँधाउने नाचसँगै थाली नाचलगायत मौलिक कला र संस्कृति देखाउने चलन रहेको चिमखोलाका वडाध्यक्ष पाइजाले बताउनुभयो । ‘पूजालाई चिमखोलाको सांस्कृतिक चिनारीका रुपमा लिने गरिएको छ । पूर्खाले सुरु गरेको संस्कृतिलाई पुस्तान्तरणमा हामीले चासो दिँदै आएका छौँ’, उहाँले भन्नुभयो , ‘सयौँ वर्ष पुरानो संस्कृतिलाई जीवन्त राख्न सके यसबो माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।’वडाध्यक्ष पाइजाका अनुसार भूमे पूजाको दिनमा चिमखोलाको मण्डली र ताप्केभेरा थानमासमेत विशेष पूजा गरिएको छ । भाकल र मनोकाङ्क्षा पूरा हुने जनविश्वासले मण्डली थानमा विभिन्न ठाउँबाट भाकल गरेर पूजा गर्न आउने भक्तजन बढ्दै गएका उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष पाइजाका अनुसार यस वर्ष मण्डली थानमा करिब तीन सय र ताप्केभेरामा १० पाठी चढाइएको छ । ‘अफ्ठयारो पर्दा र सफलतामा मण्डली र भूमे देवतालाई सम्झने गरिन्छ । मनोकाङ्क्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल दिएर पूजा गर्ने चलन छ’,उहाँले भन्नुभयो ।        तस्बिर : सुरेन गुरुङ/रिम पाइजा
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २०:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP