शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गोर्खा वेल्फेयर ट्रष्टद्धारा अन्नपूर्णमा दुईदिने सिकाई आदान प्रदान कार्यशाला
गोर्खा वेल्फेयर ट्रष्टद्धारा अन्नपूर्णमा दुईदिने सिकाई आदान प्रदान कार्यशाला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत ८, २०८०
IMG20240319180639
म्याग्दी ।गोर्खा वेल्फेयर ट्रष्टको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा आयोजना गरिएको दुई दिने सिकाई आदान प्रदान कार्यशाला बुधबार सम्पन्न भएको छ ।गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम’ को सिकाई तथा अनुभव आदानप्रदान गरिएको हो । कार्यशालामा कोशी प्रदेशको ताप्लेजुङ देखि कर्णाली प्रदेशको हुम्ला जिल्ला सम्मका १६ वटा जिल्लाका १६ स्थानीय तहका प्रमुख,प्राविधिक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । गोर्खा वेल्फेयर ट्रष्टद्वारा आयोजित अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रममा उत्थानशील खानेपानी, सरसफाइ र विपद जोखिम न्यूनीकरणका सम्बन्धमा पालिकाले संचालन गरेका कार्यक्रम र योजनाका बारेमा आ–आफ्नो प्रस्तुती समेत गरेका थिए । कार्यक्रममा गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रमका निर्देशक दिपक कुमार श्रेष्ठले कार्यक्रमको उद्देश्य र गोर्खा वेल्फेयर ट्रष्टले नेपालमा गरिरहेको परोपकारी कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नेपालको कुल जनसंख्या मध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका ३ प्रतिशत जनसंख्यामा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा निर्माण भएका खानेपानीको पहुँच पुगेको बताउनुभयो । कार्यक्रमका निर्देशक श्रेष्ठले ५१ जिल्लामा २ हजार ३८० वटा खानेपानी योजनाहरु निर्माण गरी ३ प्रतिशत जनसंख्यामा खानेपानी सेवाको पहुँच पु¥याउन सफल भएको जानकारी गराउनुभयो । यस्तै ६१ हजार ६३४ वटा धारा निर्माण, ४३१ वटा विद्यालयमा शौचालय निर्माण गरिएको उहाँले जानकारी गराउनुभयो । गोर्खा वेल्फेयर ट्रष्टले सन् १९७६ देखि नेपालमा विद्यालय भवन निर्माण, विभिन्न स्वास्थ्य शिविर सञ्चालन र खानेपानी तथा सरसफाइ आयोजना निर्माणको कामहरु गर्दै आएको छ ।गोर्खा वेलफेयर ट्रष्टले हाल १४ जिल्लाका ४ नगरपालिका र १० वटा गाउँपालिकामा उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यशालामा कार्यक्रम सञ्चालित १४ जिल्लाका १४ पालिका र विश्व खाद्य कार्यक्रमको स्थानीय सहयोग पूर्वाधार कार्यक्रम सञ्चालित जाजरकोटको बारेकोट गाउँपालिका र हुम्लाको ताँजकोट गाउँपालिकाको सहभागिता रहेको थियो । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ खिबाङ,४ को पटार,छेम्दी ३ को दाना बजार,दवाडी र काभ्रेमा निर्माण भएको खानेपानी योजनाबाट करिब एकहजार नौंसय जनसंख्या लाभान्वित भएको गोर्खा वेल्फेर ट्रष्टका कन्ट्रक्सन इन्जिनियर लिला पुन शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार ती योजनाहरुमा करिब दुई करोड ४१ लाख खर्च भएको छ । साथै आगमी आर्थिक वर्षमा वडा नम्बर ४ नारच्याङमा दुईवटा खानेपानी योजना संचालन गरिने उहाँले जानकारी दिनुभयो । नारच्याङको बेसी र लेखगाउँमा संचालन गरिने योजनाका लागि एक करोड १५ लाख रुपियाँ गोर्खा वेल्फेर ट्रष्टले खर्च गर्ने छ । गोर्खा वेल्फेर ट्रष्टको आर्थिक सहयोगमा कार्यक्रम संचालन भएका विभिन्न १६ वटा स्थानीय तहका प्रमुख र कर्मचारीहरुलाई अन्नपूर्णमा गाउँपालिकामा स्वागत गर्न पाउँदा खुसी लागेको गाउँपालिका अध्यक्ष भारत कुमार पुनले बताउनुभयो । उहाँले गोखो वेल्फेरको सहयोगमा पालिका भित्र खानेपानीको सुविधाबाट बञ्चित भएका वस्तीहरुमा सफा र सुद्ध खानेपानी उपलब्ध गराएको बताउनुभयो । कार्यशाला सम्मापन कार्यक्रममा अन्नपूर्ण गाउँपालिकामा रहेका प्रमुख पर्यटकीय स्थलहरु अंकित माया चिनो सहभागिहरुलाई अध्यक्ष पुनले प्रदान गर्नुभएको थियो । कार्यशालाको दोस्रो दिन वडा नम्बर ६ खिबाङमा निर्माण भएको खिबाङ खानेपानी योजनाको स्थलगत रुपमा अवलोकन समेत गरिएको थियो ।    
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १०:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP