शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा चोखाल प्रथम
मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा चोखाल प्रथम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत १०, २०८०
IMG_1767
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ(मोना) क्रोएसियाद्वारा आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिवार बनीमा एक समारोहको आयोजना गरि गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो ।कुल १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी नगरपालिका वडा नम्वर ९ नेप्टेचौर निवासी शिक्षक शंकर चोखाल प्रथम हुनुभएको छ । त्यस्तै मुकुन्द प्रसाद रेग्मीले द्वित्तिय, मित्रवन्धु सुवेदी (कल्याण) ले तृतिय र समिता आचार्यले शान्त्वना स्थान हासिल गर्नुभएको हो । चारै जनालेक्रमशः रु २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिका प्रमुख सुरत केसी, मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दास लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम र अमित विश्वकर्मालाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, शिव आचार्य, सन्तोष गौतम, कमल खत्री, साधन राम्जालीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले विदेशमा सिकेको ज्ञान र सिपलाई जिल्लामा हस्तान्तरण गर्न प्रवासी म्याग्देलीहरुलाई आव्हान गर्नुभयो । मेयर केसीले प्रवासी म्याग्देलीहरुले जिल्लामा उत्पादनमुखि क्षेत्रमा लगानीगर्न आवश्यक रहेको बताउनुभयो । ‘अव जिल्लामा फर्केर उद्योग तथा अन्य उत्पादनको क्षेत्रमा लगानी गर्नुस सहजताका लागि नीतिगत निर्णय के गर्नुपर्छ त्यसका लागि हामी तयार छौँ’, मेयर केसीले भन्नुभयो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, मोना अन्तराष्ट्रियका संरक्षक सुवास कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष प्रकाश पौडेल, म्याग्दी जिल्ला भलिबल संघका तेजेन्द्र बानियाँ र निर्णायक संयोजक त्रिविक्रम सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।प्रतियोगिताका निर्णायकहरु सुवेदी सहित राम प्रसाद सुवेदी, पशुपति केसी, नन्द गर्वुजा र रामकृष्ण शर्मा रहनुभएको थियो । कार्यक्रममा निर्णायक सहित सहयोगीदाताहरुलाई समेत सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई पनि सहभागि प्रमाणपत्र नगद सहित प्रदान गरिएको थियो । मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासको अध्यक्षता र गोकुल सुनारको संचालनमा सम्पन्न भएको कार्यक्रममा मोना क्रोएसियाका संस्थापक अध्यक्ष तथा निवन्ध प्रतियोगिताका संयोजक रामकृष्ण शर्माद्वारा लिखित स्वागत मन्तव्य अनिता गौतमले बाचन गर्नुभएको थियो । कार्यक्रममा बाल कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो ।प्रवासमा तथा जिल्लामा रहेका म्याग्देलीहरुको वौद्धिक स्तर वृद्धि सहित शिक्षित व्यक्तिहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरको रुपमा निबन्ध लेखन प्र्रतियोगिता आयोजना गरिएको र यस्ता कार्यक्रमहरुलाई मोना क्रोएसियाले निरन्तरता दिदै जाने अध्यक्ष सुन्दासले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २०:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP