शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित
लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत १३, २०८०
received_334565059620570
बेनी ।म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क ९सुगर,प्रेसर र दाँत० चेकजाँच शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको उद्घाटन गदैं सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की‐विर्खची०ले वित्तिय सेवामात्रै नभई सहकारीले सेयर सदस्य लक्षित स्वास्थ्यलगायतका सामाजिक कार्यमा समेत केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘सेयर सदस्यको हितमा काम गरिरहेका सहकारी सधै बलियो हुन्छ, सेवामुलक र वित्तिय साक्षरतामार्फत सहकारीप्रतिको भ्रम चिर्नुपर्छ’अध्यक्ष कार्कीले भन्नुभयो। उहाँले सहकारीका सञ्चालन, कर्मचारी इमान्दार भएको सहकारी कहिल्यै कमजोर अवस्थामा नपुग्ने भएकाले सहकारीका सेयर सदस्यको समेत निगरानी आवश्यक रहेको बताउनुभयो।स्थापना दिवसको अवसरमा प्रमुख अतिथि सहकारी संघका अध्यक्ष कार्की र सहकारीका सल्लाहकार पुष्कलबहादुर जोशी,तेजबहादुर भण्डारी र चन्द्रबहादुर क्षत्रीले केक काटेर संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । शिविरमा सुगर,प्रेसर र दाँतको चेकजाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा समेत जानकारी गराइएको थियो । शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा। गोविन्द पोख्रेल,कोर स्माईल डेन्टल क्लिनिकका डा। मोचन श्रेष्ठ र बेनी अस्पतालमा ल्याब टेक्निसियन सिताराम श्रेष्ठले चेकजाँच गर्नुभएको थियो । स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमको अध्यक्षता लोकदिप सहकारीका उपाध्यक्ष देबेन्द्र पौडेल, स्वागत सह–सचिव गोविन्द रिजाल र सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो । सहकारीले स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान, बालगृहका बालबालिकालाई सहयोग सहित सहकारी सदस्य केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०७:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP