शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर
गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत १७, २०८०
FB_IMG_1711815491718
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गलेश्वरधाम आमा समूहले बेनी नगरपालिका र बेनी अस्पतालको सहयोगमा शनिवार आयोजना गरेको स्त्रीरोग सम्वन्धी शिविरमा ८७ जनाले सेवा लिएका छन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धा तथा गलेश्वर बजारका स्थानीयले शिविरमा स्वास्थ्य परिक्षण सेवा लिएका थिए । शिविरमा बेनी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर अञ्जु डापाको नेतृत्वको डाक्टर, स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण र औषधी वितरण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो । गलेश्वरधाम आमा समूहले विगतका बर्षमा समेत महिलाहरुलाई लक्षित गरेर स्त्रीरोग सम्वन्धी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र बृद्धा तथा गलेश्वरका महिलाहरुलाई सुविधा होस भनेर यस बर्ष समेत शिविर सञ्चालन गरिएको आमा समूहका अध्यक्ष फुलकुमारी रोकाले जानकारी दिनुभयो । शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी अस्पतालमा महिला रोग सम्वन्धी विशेषज्ञ डाक्टर नै शिविरमा सहभागी भएर स्वास्थ्य चेकजाँच गर्दा स्त्रीरोग सम्वन्धी समस्या भएका महिलाहरु लाभान्वित बनेको बताउनुभयो । उहाँले नगरपालिकाले समेत नगरबासीको स्वास्थ्यमा संवेदनशिल बनेर सहज र सरल रुपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने अभियानमा लागेको बताउँदै स्वास्थ्यमा आम नागरिक समेत सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।   कार्यक्रममा डाक्टर अञ्जु थापाले शिविरले स्त्रीरोग सम्वन्धी समस्याको पहिचान र उपचार संगै सचेतना फैलाउन समेत सहयोग पुग्नेमा जोड दिनुभयो । कार्यक्रममा आमा समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले स्वागत र सचिब निशा महत जिसीले सञ्चालन गर्नुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २२:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP