शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • शिख माविमा कम्प्युटर विज्ञान विषय कक्षा सञ्चालनार्थ १३ लाख संकलन
शिख माविमा कम्प्युटर विज्ञान विषय कक्षा सञ्चालनार्थ १३ लाख संकलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत १८, २०८०
शिख मावि कम्प्युटर (3)
शिख। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,स्थित शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालन गर्न १३ लाख रुपैयाँ संकलन भएको छ ।आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न लागिएको कम्प्युटर विज्ञान विषयको पठनपाठनका लागि शिख घर भई हाल बेलायतमा बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको संयोजनमा १३ लाख रुपैयाँ सहयोग रकम संकलन भएको हो । गर्बुजा शिख्तानी समाज युकेका पुर्व अध्यक्ष हुनुहुन्छ । विद्यालयका प्रअ केदार कार्कीले प्रवासीले सहयोग जुटाएर कम्प्युटर खरिद गरेर उपलब्ध गराउन थालेका बताउनुभयो ।‘ग्रामिण क्षेत्रको विद्यालयमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनको तयारी गरेका छौ,’ उहाँले भन्नुभयो ,‘विदेशमा रहनुभएका विद्यालयका पुर्व विद्यार्थी, अभिभावक र शुभचिन्तकहरुले २० थान डेक्सटप कम्प्युटर खरिद गर्नका लागि रु। १३ लाख जुटाउनुभएको छ ।’ घनश्याम तिलिजा, लालबहादुर पाईजाका परिवारले शुक्रबार ४ थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।पोखराबाट थप १६ थान कम्प्युटर ल्याएर विद्यालयलाई केही दिनमै हस्तान्तरण गर्ने तयारी गरिएको छ ।शिख उपल्लोस्वारा घर भई हाल बेलायत निवासी घनश्याम तिलिजाको परिवारबाट ३ थान डेक्सटप कम्प्युटरको लागि १ लाख ९५ हजार, विद्यालयको अतिरिक्त क्रियाकलाप कोषलाई २ लाख नगद सहित ४ थान भलिबल, बास्केटबल र १ थान नेट गरि कुल २ लाख ३६ हजार सहयोग गर्नुभएको छ । शिख मुलपानी घर भई हाल बेल्जियम निवासी लालबहादुर पाईजाको परिवारबाट १ थान डेक्सटप कम्प्युटर, आमा समूहलाई २० हजार, छात्रावासका लागि दश हजार गरि ९५ हजार सहयोग गर्नुभयो ।शिख्तानी समाज पोखराका उपाध्यक्ष चन्द्र गर्बुजाले आवासीय प्रयोजनका लागि ५ हजार, शिख किन्दु हाल पोखरा निवासी पुन समाज नेपालका केन्द्रिय सदस्य पदम चोचाङ्गीले कलाकारलाई प्रोत्साहन तथा खाजा वापत ५ हजार सहयोग गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बागबिर पाईजाले कलाकारलाई प्रोत्साहन तथा खाजा वापत ३ हजार प्रदान गर्नुभएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयले गण्डकी प्रदेश सरकारको सहयोगमा आवासीय (छात्रावास) सञ्चालन गरेको छ ।हाल छात्रावासमा ३० जना विद्यार्थी बस्ने गरेका छन् । प्रदेश सरकारले प्रति विद्यार्थी दैनिक ६५ का दरले आवासीय विद्यार्थीलाई सहयोग गर्छ ।अपुग रकम दाताहरुको सहयोगमा जुटाइएको छ । विद्यालयमा १६७ जना विद्यार्थीहरु रहेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP