शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जनकल्याण मावि अक्षयकोषको पाँचौँ साधारणसभा तथा छैटौं स्थापना दिवस
जनकल्याण मावि अक्षयकोषको पाँचौँ साधारणसभा तथा छैटौं स्थापना दिवस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत २०, २०८०
received_608844098131038
बेनी ।जनकल्याण मावि अक्षयकोषको सोमबार पाँचौँ वार्षिक साधारणसभा तथा छैटौं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको साधारण सभासहित स्थापना दिवस मनाइएको हो । साधारणसभा र स्थापना दिवसको अवसरमा जनकल्याण मावि अक्षयकोषद्वारा प्रकाशित बुलेटिनको विमोचन गर्नुका साथै जनकल्याण मावि अक्षयकोषमा आर्थिक सहयोग गर्नुहुने विभिन्न व्यक्तित्वहरुलाई अक्षयकोषको पूर्ण, विशिष्ट र आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको छ । यसैगरी जनकल्याण मावि अक्षयकोषबाट व्याजस्वरुप प्राप्त रकममध्ये नगद एकलाख रुपैयाँको चेक जनकल्याण माविलाई हस्तान्तरण गरिएको थियो । साधारणसभामा अक्षयकोषका सचिव एवं जनकल्याण माविका प्रधानाध्यापक कमलप्रसाद पौडेलले प्रगति, कोषाध्यक्ष तथा जनकल्याण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठले आर्थिक र लेखा समिति संयोजक टंकनाथ शर्माले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभा तथा स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले जनकल्याण मावि अक्षयकोषको स्थापना, वृद्धि तथा विद्यालयको शैक्षिक क्षेत्रको विकासमा समुदायको भूमिका महत्वपूर्ण रहेकोमा प्रशंसा गर्नुभयो । उहाँले जनकल्याण माविमा सभाहलसहित अन्य भौतिक संरचना निर्माणको लागि आफूलाई लागत स्टिमेटसहितको सिफारिसपत्र पठाउन सुझाव दिँदै गरिब, निमुखा र विपन्न समुदायका विद्यार्थीहरुको पठनपाठनमा आफूले आवश्यक सहयोग गर्ने बताउनुभयो । गलेश्वर–तिनमाने–पौलस्त्य हुँदै जगन्नाथ जाने सडक विस्तार तथा स्तरोन्नतिका लागि आफूले बहुवर्षे योजनाको पहल गरेको उहाँले जानकारी दिनुभयो । जनकल्याण मावि अक्षयकोषका संस्थापक अध्यक्ष रामप्रसाद सुवेदीले आफ्नो कार्यकालमा विद्यालयको चौतर्फी विकासका लागि शैक्षिक गुणस्तर वृद्धि तथा भौतिक संरचनाको निर्माण र अक्षयकोषको स्थापना गरेर कक्षा ११ र १२ सञ्चालन गरिएको बताउनुभयो । धनेश्वरी–ताराना स्मृति कोषका सदस्य एवं म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक रेखाकौशल रेग्मीले अक्षयकोषमा रकम वृद्धिसहित त्यसबाट आउने व्याज शैक्षिक उपलब्धि हासिल हुने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । जनकल्याण मावि अक्षयकोषका अध्यक्ष गजिन्द्र श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवीदत्त पौडेलको स्वागत र सहसचिव शान्ति शर्मा पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनकल्याण मावि शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले स्वागतसहित नृत्यहरु प्रस्तुत गरेका थिए । वि.सं. २०७५ साल चैत १९ गते आजैको दिन जनकल्याण माविमा अक्षयकोष स्थापना गरी कक्षा ११ र १२ सञ्चालन गर्ने योजना अगाडि बढाइएको थियो । अक्षयकोषमा हाल विभिन्न १ सय १६ जना सदस्यहरुबाट झण्डै ५० लाख रुपैयाँ सङ्कलन भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०७:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP