शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्णको घारमा म्याद नाघेका सामान जफत
अन्नपूर्णको घारमा म्याद नाघेका सामान जफत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत २०, २०८०
FB_IMG_1712026781781
बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घार र खिबाङ क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग बाणिज्य संघ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकार लगायतको टोलीले घार र खिवाङ क्षेत्रका १५ वटा किराना पसलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा अत्यधिक मात्रामा म्याद नाघेका खाद्य सामाग्री विक्रि वितरण हुुने गरेको भेटिएको छ । खाने तेल, मैदा, सुजि, मसला, चियापत्ति, चाउचाउ, विस्कुट, कोक, फेन्टा, स्प्राइट, बियर लगायतका खाद्य र पेय पदार्थका सामाग्रीहरु म्याद नाघेका भेटिएको थिए । त्यसैगरि अनुगमनको क्रममा वडामा फर्म दर्ता भएपनि प्यान÷भ्याट नलिइकन व्यवसाय सञ्चालन गरेको र अन्तशुल्कको अनुमति नलिइकन मदिरा र सूर्तिजन्य पदार्थको विक्रि वितरण गरेको समेत भेटिएको गाउँपालिका उपाध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले यस अघि समेत आफ्नो बजार क्षेत्रमा नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ । यस अघिको अनुगमनका क्रममा व्यवसायीहरुलाई सचेत गराइएको र कमजोरी सुधार नगरेको कारण पसलहरुमा विक्रि वितरणका लागि राखिएका म्याद नाघेका खाद्य सामाग्री जफत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । सोमबार घार र खिवाङका १५ वटा पसलबाट करिब ७५ हजार बराबरको म्याद नाघेका खाद्य सामाग्री जफत गरिएको उहाँले जानकारी दिनुभयो । ‘‘ हामीले यस अघि सचेत गराएका थियौँ, तर व्यवसायीहरुले उपभोक्ताको हित विपरित म्याद नाघेका सामान खुलमखुला विक्रि गर्ने कार्य नरोकेपछि छड्के अनुगमन गरेका हौँ, गाउँपालिकाभित्र बजार अनुगमनलाई अभियानकै रुपमा अघि बढाउँछौँ’’–प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो । अनुगमनको क्रममा व्यवसायीहरुले बेनीका सप्लायर्सहरुले नै म्याद नाघेका र म्याद सकिन लागेका सामाग्री पठाउने गरेको गुनासो गरेका थिए । घारका अधिकाँश पसलहरुले बेनीस्थित कालीपुलमा रहेको बिक्की बदर्शबाट सामान ल्याउने गरेको र उक्त सप्लायर्सबाट नै म्याद नाघेका सामान गाउँमा पुग्ने गरेको बताएका छन् । अनुगमनको क्रममा व्यवसायीहरुमा सामान खरिद गर्दा अपनाउनुपर्ने सजगता नभएको र बेनीका सप्लायर्सहरुले म्याद गुज्रिने समयका सामान गाउँतिर पठाउने गरेको पाइएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । उहाँले कार्यालयले स्थानीय तहहरुसंग समन्वय र सहकार्य गरि बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभयो । अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदी, प्रशासकीय अधिकृत भगवती खड्का लगायत कर्मचारी, वडा अध्यक्ष रामबहादुर खड्का लगायत जनप्रतिनिधि समेतको सहभागीता रहेको थियो ।  
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०८:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP