शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाका कृषकलाई कृषि औजार वितरण
अन्नपूर्ण गाउँपालिकाका कृषकलाई कृषि औजार वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत २०, २०८०
annapurna-mini-taler
म्याग्दी। अन्नपूर्ण गाउँपालिकाका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कृषि उपकरणले कृषि पेसालाई आधुनिकिकरण तथा यान्त्रीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सोमबार गाउँपालिका केन्द्र पोखरेबगरमा ८ जना किसानलाई मिनिटेलर हलो,एकजनालाई कोदो चुट्ने मिल,चार जनालाई पिस्ने मिल गरी १३ जनालाई कृषि उपकरण वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक हेमन्तबहादुर शाहीले जानकारी दिनुभयो । कृषि पेसालाई आधुनिकिरण गरी उत्पादन बढाउन गाउँपालिकाले चालु आर्थिक वर्षको रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत उपकरण सहयोग गरिएको उहाँले बताउनुभयो । स्थानीय किसानलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्नका लागि कृषि उपकरण वितरण गरिएको गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले बताउनुभयो । कृषि उपकरणको सहि सदुपयोग गर्न उहाँले किसानहरुलाई अनुरोध समेत गर्नुभयो । गाउँपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत किसानसँगको लागत सझेदारीमा ६ लाख ३५ हजार बराबरका उपकरण हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । कृषि उपकरणले स्थानीय रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकारले उपलब्ध गराएको उपकरणले कृषि उपजको उत्पादनमा सहज हुने अन्नपूर्ण गाउँपालिका ६ मानकुमारी बरुवालले बताउनुभयो । गाउँपालिकाले यसभन्दा अगाडि पनि ७५ प्रतिशत लागत साझेदारीमा माग अनुरुप कृषि यान्त्रिकरण सामग्री वितरण गरेको थियो । उक्त कर्याक्रममा पाँचवटा मिनिटेलर, पाँचवटा फलफूलको हाँगा काँटछाट गर्ने सिकेचर, ५ वटा आरी, ९ वटा भ¥याङ र २ वटा तौल मेसिन वितरण गरेको थियो । गाउँपालिकाको चारलाख ५० हजार र साझेदारीमा कृषकबाट एक लाख गरी कुल पाँच लाख ५० हजारको सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा अन्नपूर्णले किसान लक्षित विभिन्न कार्यक्रमहरुहरु संचालनका लागि करिब डेढ करोड रुपियाँ बराबरको बजेट विनियोजन गरेको पालिकाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP