शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जलजलाको दह हत्याकाण्ड:हत्या भएका दम्पतीको घाँटी र टाउकोमा चोट,शव पोष्टमार्टम गर्न बेनी अस्पतालमा
जलजलाको दह हत्याकाण्ड:हत्या भएका दम्पतीको घाँटी र टाउकोमा चोट,शव पोष्टमार्टम गर्न बेनी अस्पतालमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत २०, २०८०
dampati hatya-jaljala-2
म्याग्दी । पर्वतको जलजला गाउँपालिका–२,मल्लाज स्थित दहमा भएकाे एक दम्पतीको विभत्स हत्या घटनाबारे थप अनुसन्धान गर्न पोखराबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली घटना स्थलमा आइपुगेको छ । सोमबार राति अपरिचित व्यक्ति/समुहले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। जिसी दम्पती घरभित्र मंगलबार बिहान रगताम्य अवस्थामा मृत फेला परेपछि आफन्तले जिल्ला प्रहरी कार्यालय प्रर्वतलाई खबर गरेका थिए।जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी खुमलाल भुसालका अनुसार, मंगलबार दिउँसाे पोखराबाट तालिमप्राप्त कुकुर सहितको विशेष टोली घटनास्थल आइपुगेपछि थप अनुसन्धान अगाडी बढाइएको छ । दम्पतीको शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा लगिएको छ। मंगलबार  मुचुल्का उठाएर  शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा पठाइएको डिएसपी भुसालले बताउनुभयो । याे पनि पढ्नुहाेस्... [embed]https://myagdinews.com/2024/04/75188/[/embed]   मृतक दम्पतीको घाँटी र टाउकोमा गहिरो चोट देखिएको छ । ‘अपरिचित समुहर/व्यक्तीले धारिलो हतियार प्रहार गरेर जिसी दम्पतीको हत्या गरेको पाइएको छ ।श्रीमानको टाउको र श्रीमतीको घाँटीमा चोट देखिन्छ ,’डिएसपी भुसालले भन्नुभयो । ‘हामीले घरको ढोका बन्द गरेर घटना स्थललाई सुरक्षित गर्ने काम गरेका थियौं । तालिमप्राप्त कुकुर सहितको विशेष टोलीले घटनास्थलमा घटनाबारे थप अनुसन्धान गरीरहेकाे छ भने मुचुल्का उठाएर  शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा पठाइएको छ ,’ डिएसपी भुसालले भन्नुभयो । घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अगाडी बढाइएको उहाँको भनाइ छ । घटनाको कारण खुल्न सकेको छैन । डिएसपी भुसालले भन्नुभयो,‘गयराति ९ बजेसम्म उहाँहरु छिमेकीसँग गफ गर्दै बस्नुभाछ ,त्यसपछि घटना घटेको देखिन्छ ।’ घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । जिसी दम्पतीका तीन छोरा हुनुहुन्छ ।गाउँमै खेती गर्दै आउनुभएका जिसी दम्पतीले किराना पसल समेत सञ्चालन गर्नुहुन्थ्यो । बेनीमा पसल गरेर बस्ने जेठो छोरा रबिनले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई घरमा बुझ्न लगाउनुभएको थियो । छिमेकीले घरको ढोकामा बाहिरबाट चापी लगाएको बताएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका फुकालेर हेर्दा बुबाआमा मृत अवस्थामा देखेको जलजला गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश बहादुर जिसीले बताउनुभयो ।लगत्तै वडा अध्यक्ष प्रकाशबहादुर क्षेत्री , गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य सहितजनप्रतिनिधि र प्रहरीको टोली घटनास्थल पुगेको थियो । उहाँले भन्नुभयो, ‘सोमबार बेलुका साढे आठ बजेको समयमा सूर्यबहादुरले फोन गर्नुभएको थियो । घर नजिकको पाखोमा डढेको लागेको बताउनुभयो । उहाँले पाखोमा लागेको डढेलो निभाउदै हुनुहुँदो रहेछ । मैले डढेलो निभाउन अरु मानिसहरु ल्याएर आउ भन्दा उहाँले पर्दैन निभ्न लागिसकेको छ भन्नुभयो ।’ अहिले विहान दुःखद घटना सुन्नु प¥यो वडा अध्यक्ष जिसीले बताउनुभयो । शव हेर्दा विभत्स तवरले हत्या गरेको हुनसक्ने उहाँले बताउनुभयो । मृतक जिसी दम्पतीका २ छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा हुनुहुन्छ । ‘हरेक दिन बिहान आमाले बेनीमा रहेका छोराबुहारीसँग फोनमा कुराकानी गर्नुहुँदोरहेछ । आज बिहान आमाको फोन आएनछ । छोराबुहारीले फोन गर्दा पनि उठेनछ,’वडाध्यक्ष जिसीले भन्नुभयो ‘फोन नउठेपछि म्याग्दीमा रहेका जेठो छोरा र माइली बुहारी घर पुग्दा दुवै जना मृत अवस्थामा देखेका रहेछन् ।’  
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP