शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सडक सञ्जालसँग जोडियो धवलागिरी गाउँपालिकाको खिवाङ गाउँ
सडक सञ्जालसँग जोडियो धवलागिरी गाउँपालिकाको खिवाङ गाउँ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत २१, २०८०
received_3636126196657111
बेनी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४, को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ ।धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ ,का वडा अध्यक्ष याम घर्तिमगरले लामो छहरा केङ्की देखी खिवाङ जोड्ने करिब ३ किलोमिटर सडक निर्माण भएको बताउनुभयो । “खाम्ला–केङ्की–नाउरा हुदै बगर जोड्ने मुल सडक निर्माण भइरहेको छ,” उहाँले भन्नुभयो “केङ्की देखि खिवाङ जोड्ने शाखा सडक निर्माण कार्य हालै सकिएको हो ।” सडक निर्माण भएपछि खिवाङका १८० घरधुरी लाभान्वित भएका उहाँले बताउनुभयो । सो सडकमा मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेका छन् । ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी (१) र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनीहरुको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधिन जलविद्युत आयोजनाहरुसँग समन्वय गरिएको बताउनुभयो । अपर म्याग्दी जलविद्युत आयोजनाको सामाजिक संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रम अन्तगत दुर्गम र विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताउनुभयो । उहाँका अनुसार १ महिना सम्म १ वटा डोजर परिचालन गरेर सडक निर्माण गरेको उहाँले बताउनुभयो । हाइड्रो इम्पाएर प्रा.ली.का सञ्चालक पूर्ण पुनले अपर म्याग्दीबाट डोजर र आफूहरुले डिजेल व्यवस्थापन गरेको बताउनुभयो । गाउँपालिका मार्फत खाम्ला हुँदै खिवाङ जोड्ने सडक पनि निर्माणाधिन रहेको छ । सडक निर्माण भएपछि आवत जावत र ढुवानीका लागि सहज भएको स्थानीयबासी सरस्वती पुनले बताउनुभयो । “यसअघि खिवाङबासी गाडी चड्नका लागि करिब ३० मिनेट ओरालो हिडेर खाम्ला र केङ्कीको मुल सडकमा पुग्नुपर्दथ्यो,” उहाँले भन्नुभयो “घोडा, खच्चर र भरिया लगाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ ।” बिरामीलाई अस्पताल पु¥याउन, कृषि उपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न सहज भएको छ । जलविद्युत आयोजनाहरुले नाउरा हुदै बगर गाउँ जोड्ने सडकको मार्ग खोल्ने कामलाई पनि अन्तिम चरणमा पु¥याएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP