शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पाँच महिना नबित्दै उप्कियो बेनी–गलेश्वर सडक कालोपत्र,मर्मत गरिँदै(तस्बिर/भिडिओ)
पाँच महिना नबित्दै उप्कियो बेनी–गलेश्वर सडक कालोपत्र,मर्मत गरिँदै(तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत २१, २०८०
20240403_115622
म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र पाँच महिना नबित्दै उप्किएको छ ।कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलदेखि वडा नम्बर ९ गलेश्वर जोड्ने सडक निर्माण भएको पाँच महिना नबित्दै कालोपत्र उप्किन सुरु भएको स्थानीको भनाइ छ । भिडिओ हेर्नुहोस्... [embed]https://www.youtube.com/shorts/PejgDWUBfcQ?feature=share[/embed] सडक कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर सडक कालोपत्र गर्दा गुणस्तरहीन बनेको स्थानीयबासीको आरोप छ । कालोपत्र उप्किए पनि अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । कालोपत्र उप्किएपछि दिउँसोको समयमा सवारीसाधनलाई आवतजावतमा समस्या हुने गरेको छ । ‘‘यो सडक कालोपत्र भएको ५–६ महिना नहुँदै उप्किन थालेको छ ।निर्माणको क्रममा सम्बन्धित निकाय र सरोकारवालाहरूको बेवास्ताका कारण कमसल सामग्री प्रयोग गरिएको हुन सक्छ,“ गलेश्वरका स्थानीय चक्रप्रसाद शेरचलले गुनासो गर्दै भन्नुभयो, “यस्तै लापरबाही दोहो¥याउन नदिन अब मर्मत गर्दा राम्रोसँग निगरानी गर्न आवश्यक छ ।“ गत पुस महिनामा २४ महिनाको ठेक्का एक वर्षमै सकिएपछि निर्माण व्यवसायीको चौतर्फी प्रशंसा भएको थियो । भने अहिले कालोपत्र उप्किएपछि निर्माण व्यवसायीको अहिले चौतर्फी आलोचना र विरोध भइरहेको छ । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अहिले मर्मतको काम थालेको छ । सडक कालोपत्र उप्किएको गुनासो आएपछि मर्मतका लागि ठेकेदारलाई निर्देशन दिइएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताउनुभयो । “निर्माणको क्रममा कतिपय ठाउँमा यस्तै कमीकमजोरी हुन्छन्,“ आयोजना प्रमुख झाले भन्नुभयो, “निर्माण व्यवसायीले तुरुन्तै काम गर्नुपर्छ, बिग्रिएको स्थानको पहिचान गरी सम्झौता अनुसार नै मर्मत गर्नुपर्छ ।“ दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले भ्याट÷पीएससहित १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ रुपियाँमा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेपछि बेनी नगरपालिका सहित सङ्घ संस्थाले समेत निर्माण व्यवसायीलाई सम्मान गरेका थिए ।आठ मिटरको फराकिलो पारिएको सडक खण्डका खोल्साहरूमा कल्भट निर्माण गरिएको छ । दुई सय मिटर आरसिसी ढलान गरिएको छ । डिबिएसडी प्रविधिको कालोपत्र गरिएको छ । यो सडक हुँदै प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम, म्याग्दीको उत्तरी भेग सहित मुस्ताङ आवतजावत गरिन्छ ।  
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP