शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगलाको बाबियाचौरमा एम्बुलेन्स खरिद गर्न महायज्ञ संचालन हुँदै
मंगलाको बाबियाचौरमा एम्बुलेन्स खरिद गर्न महायज्ञ संचालन हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत २२, २०८०
received_2095745687463387
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२, बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएको हो । बुधवार माटेवगर स्थित देवी भगवती मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलन मार्फत धार्मिक महोत्वसको तयारी थालिएको जनकारी गराईएको हो । मन्दिर पुन निर्माण, मन्दिर स्थलमा वहुउद्देश्यीय सेवा भवन निर्माण समेत गर्ने गरि संचालन गरिने महायज्ञको मुख्य लक्ष्य भने एम्वुलेन्स खरिद गर्नु रहेको महायज्ञ मुल समारोह समितिका अध्यक्ष नविन अधिकारीले जानकारी दिनुभयो । महायज्ञ सफल बनाउनका लागि प्रचारप्रसार, आर्थिक व्यवस्थापन, कलश तथा कार्य व्यवस्थापन, दानदाता खोजी तथा निमन्त्रणा, अतिथि सत्कार, सचिवालय मञ्च व्यवस्थापन लगायतका उपसमितिहरु गठन गरि तयारी सुरु गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । महायज्ञमा प्रखर पण्डित कपिलदेव भट्टले कथा प्रवचन गर्नुहुनेछ भने दैनिक पुजाअर्चना, पाठपारायण, तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट आकर्षक भजनकृतनका साथै सन्देशमुलक नाटकहरु समेत प्रस्तुत गरिनेछ । मंगला गाउँपालिका भित्रका आकस्मिक विरामीहरुलाई समयमै अस्पताल पु¥याउन यातायातको साधनहरुको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै जुनसुकै समयमा पनि सेवा उपलब्ध गराउने गरि एम्वुलेन्स खरिद गर्ने महान लक्ष्य लिएर श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ तथा धार्मिक महोत्वस संचालन गर्न लागिएको मुल समारोह समितिका सचिव थमलाल पौडेलले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले पवित्र सामाजिक भावना लिएर आयोजना गर्न लागेको महायज्ञमा देश विदेशमा रहेका मंगला वासी तथा समग्र जिल्लावासीहरुको उपस्थिति रहने विश्वास गर्नुभयो । उहाँले महायज्ञ संचालनका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेल, स्थानीय चक्रलाल पाण्डे राजु, श्रीराम पौडल र देवी भगवती मन्दिर संरक्षण समितिकी अध्यक्ष शुशिला तिलिजाले मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले २०३५ सालमा हर्क वहादुर अधिकारीको सक्रियतामा स्थापना गरिएको देवी भगवती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले प्रत्यक वर्षको चैतेदशै पर्वमा मन्दिरमा विशेष पुजाआजा गरिदै आएको बताउनुभयो । स्थानीय कलाकार, वासुरीवादक दिनेश पुनले महायज्ञमा आफु सहित ख्यातीप्राप्त भजन गायक तथा अन्य कलाकारहरुको तर्फबाट आकर्षक सांगीतिक प्रस्तुती प्रत्येक दिन रहने बताउनुभयो । वैशाख ८ गते महायज्ञको पहिलोदिन कलशयात्रा सहित भव्य रुपमा उद्घाटन गरिने र ९ गतेदेखि दैनिक कथा प्रवचन तथा पुजाअर्चनाका कार्यक्रम संचालन हुनेछ । पत्रकार सम्मेलन महायज्ञ मुल समारोह समितिका अध्यक्ष अधिकारीको अध्यक्षता र सचिव पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP