शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगला शिक्षा क्याम्पसको तेस्रो क्याम्पससभा तथा अधिवेशन
मंगला शिक्षा क्याम्पसको तेस्रो क्याम्पससभा तथा अधिवेशन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत २५, २०८०
434456067_718305410512265_4126839387685252424_n-1
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा शनिबारदेखि तेस्रो क्याम्पसभा तथा अधिवेशन सुरू भएको छ । पश्चिम म्याग्दीको एक मात्र क्याम्पसको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं समुदायको अग्रसरतामा स्थापना भएको क्याम्पसले चुनौतीका बिच भौतिक र शैक्षिक प्रगति गरेको बताउनुभयो । ‘समुदायस्तरबाटै आर्थिक स्रोत जुटाएर क्याम्पसलाई यो उचाईमा पु¥याउनुभएको छ,‘गाउँमै क्याम्पस खुलेपछि बाहिर पढ्न जानुपर्ने बाध्यताहटेको छ’थापाले भन्नुभयो।उहाँले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए)मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको क्याम्पसलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । सोही अवसरमा क्याम्पसका संरक्षक एवम् मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले क्याम्पसलाई पश्चिम म्याग्दीको शैक्षिक हब बनाउने गरी शिक्षा संकाय बाहेक प्राविधिक र ब्यवस्थापन संकाय समेत थप गर्नुपर्ने बताउनुभयो । ‘समुदायको ठूलो लगानीबाट क्याम्पस यहाँसम्म आएको छ,‘शैक्षिक र भौतिक पूर्वाधारलाई सँगै लैजानुपर्छ’ संरक्षक रोकाले भन्नु्भयो। क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधारको क्षेत्रमा गाँउपालिकाबाट निरन्तर साथ र सहयोग रहेको बताउनुभयो । क्याम्पसभामा नेपाली कांग्रेस मंगला गाउँकार्यसमिति सभापति एवम् आर्थिक पूर्वाधार समितिका सदस्य नरसिंङ केसी, नेकपा एमाले मंगला गाउँ कमिटीका चक्रलाल पाण्डे,नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर बुढाथोकी, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम,क्यूएए संयोजक रुद्धबहादुर केसी, स्ववियू सभापति भीममायाँ रोका, मंगला गाउँपालिका शिक्षा शाखा संयोजक डिल्लीरमण सुबेदीले मन्तब्य राख्नुभएको थियो । क्याम्पसभामा सामान्य धारको पढाइभन्दा बजारमा छिटो रोजगारी पाउने र आकर्षक कमाई हुने भनिएको प्राविधिक धारका विषयलाई प्राथमिकता दिनुपर्ने सरोकारवाला निकायले जोड दिइएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो । क्याम्पसभा तथा अधिवेशनमा सञ्चालक समिति अध्यक्ष यामबहादुर थापाले क्यूएए प्राप्ती गर्ने गरी कार्यतालिका बनाइएकाले आगामी दुई बर्षभित्र क्यूएए प्राप्त गरिने बताउनुभयो । आगामी बैशाख ३ गते अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गरी सभापन भएको क्याम्पसभाको अध्यक्षता सञ्चालक समिति अध्यक्ष थापा,स्वागत सञ्चालक समिति सदस्य एवम् आर्थिक तथा पूर्वाधार समिति संयोजक याशुदा रोका र सञ्चालन सहायक पा्रध्यापक हरिकृष्ण भट्टराईले गर्नुभएको थियो  
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १९:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP