शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता:प्रनाउ श्रेष्ठ(भिडिओ)
शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता:प्रनाउ श्रेष्ठ(भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत २६, २०८०
DSP Bharat Shreshtha ,Myagdi 2080-12
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जिल्ला स्थित सबै सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरेर जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने बताउनुभयो ।आइतबार पत्रकारहरुसँगको भेटमा प्रनाउ श्रेष्ठले यस्तो कुरा बताउनुभएको हो ।यसअघिका प्रनाउ मदन कुँवर काठमाडौं उपत्यका अन्वेषण योजना तथा विकास शाखामा सरुवा हुनुभएपछि म्याग्दीको नयाँ प्रनाउको जिम्मेवारी सम्हाल्न श्रेष्ठ प्रहरी हेडक्वाटर नक्सालबाट आउनुभएको हो । भिडिओ हेर्नुहाेस्... [embed]https://youtu.be/klBYPARCySA[/embed] प्रनाउ श्रेष्ठले आफ्नो कार्यकालमा अपराध,लागुऔषध नियन्त्रण,सुशासन,साइबर अपराध नियन्त्रण ,कार्यालयको सेवा प्रवाहलाई थप सरल बनाउने, ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिएर काम गर्ने योजना सुनाउनुभयो ।बेनी बजारभित्रको एकतर्फी यातायात सञ्चालनलाई व्यवस्थित बनाउने,सामाजिक सञ्जाललाई दुरुपयोग हुन नदिन र भ्रमपुर्ण प्रचारप्रसारलाई निरुत्साहित गर्न निगरानी बढाइने उहाँको भनाइ थियो । जिल्ला स्थित सबै प्रहरी कार्यालयलाई आवश्यक जग्गा व्यवस्थापन र भवन निर्माणका लागि स्थानीयबासी, स्थानीय,प्रदेश र संघ सरकार समक्ष समन्वय र पहल गर्ने उहाँले बताउनुभयो । युवायुवतीहरुलाई लागुपदार्थ दुव्र्यसनीमा फस्न नदिन अभिभावकहरुलाई समेत अभिमुखिकरण गराइने उहाँले योजना सुनाउनुभयो ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल लगायत पत्रकारहरुले जिल्लाको समग्र शान्तिसुरक्षालाई थप सुदृढ बनाउन डिएसपी श्रेष्ठसँग आग्रह गर्नुभयो ।लागुऔषध दुर्व्यसनमा फसेका करिब १५ जना युवालाई  उपचारकाे लागी सुधार केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २१:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP