शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगलामा निःशुल्क बृहत् स्वास्थ्य शिविर (तस्बिर र भिडिओ सहित)
मंगलामा निःशुल्क बृहत् स्वास्थ्य शिविर (तस्बिर र भिडिओ सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत २६, २०८०
IMG_1855
बेनी । म्याग्दीको मंगला गाउँपालिकामा सोमबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक सहयोग र मंगला गाउँपालिकाको आयोजनामा बावियाचौर स्थित मंगला माविमा आयोजित एक दिने स्वास्थ्य शिविरमा १७ सयभन्दा बढी बिरामीको जाँच गरिएको छ। शिविरको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दीका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवालाई मध्यनजर गरी शिविर सञ्चालनको अभियान सुरू भएको बताउनुभयो । उहाँले मंगला सहित अन्य गाउँपालिकामा समेत स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको रोग पहिचान गरी निशुल्क उपचार गरिने बताउनुभयो । कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा सुनिलकुमार शर्माको प्रशंसा गर्नुभयो । ‘दुर्गम भेगका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने दायीत्व राज्यको भएपनि माननीय डा.सुनिलकुमार शर्मा ज्युले मेडिकल कलेज मार्फत निःशुल्क शिविर सञ्चालन गरेर प्रशंसनीय गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु ,’सांसद गर्बुजाले भन्नुभयो । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/X9vZk2saaV8[/embed] त्यस्तै मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले स्वास्थ्य उपचारमा गाउँपालिकाबासीको सहजताका लागि आगामी दिनमा पनि स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । ‘शिविरमा भेटिएका बिरामीलाई थप उपचारका लागि समेत सहजीकरण गर्नेछौं’ अध्यक्ष रोकाले भन्नुभयो । सोही अवसरमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा सुनिलकुमार शर्माले शिविरमा भेटिएका जटिल रोगका बिरामीलाई थप उपचारका लागि बैशाख १० गते काठमाडौं स्थित अस्पतालमै निशुल्क उपचार गरिने बताउनुभयो । उहाँले शिविरमा भेटिएका सबै प्रकारका रोगीहरुको उपचार हुने बताए । शिविरको अध्यक्षता गाउँपालिका अध्यक्ष रोका, स्वागत प्रमुख प्रशासकीय अधिकृत सिवकुमार पौडेल र सञ्चालन स्वास्थ्य संयोजक लेखु रोका मगरले गर्नुभएको थियो । शिविरमा इसिजी, इको, भिडियो एक्सरे मुटु, मिर्गौला, आँखा, नाककान, घाटी, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, मानसिक रोग लगायतको जाँच भएको थियो । स्वास्थ्य शिविर सञ्चालन गर्दा महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब विपन्न वर्गका नागरिकले बढी लाभ लिएका छन् ।      
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २२:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP