शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीको बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन चरणमा,ठेक्का आह्वान
म्याग्दीको बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन चरणमा,ठेक्का आह्वान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत ३०, २०८०
khanepani-dhal nikasa
बेनी । म्याग्दीको बहुप्रतिक्षित बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले योजना कार्यान्वयनका लागि शुक्रबार ठेक्का आव्हान गरेको छ । कुल ४८ करोड रुपैयाँ बढी लागत अनुमान गरिएको आयोजनाका लागि बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाले १०÷१० प्रतिशत र संघीय सरकारले ८० प्रतिशत लागत साझेदारी गरेका छन् । गत फागुन महिनामा खानेपानी मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले घोप्टेखोला खानेपानी आयोजनाका लागि ३८ करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो । ठेक्का आव्हान भएपछि बर्षौको प्रयासपछि बृहत घोप्टेखोला खानेपानी आयोजना औपचारिक रुपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले बताउनुभयो । ‘डिपिआर र बहुबर्षीयका लागि स्रोत सुनिश्चितता नहुँदा रोकिएको बृहत घोप्टेखोला खानेपानी आयोजना अब कार्यान्वयन हुन्छ,’उहाँले भन्नुभयो,‘बृहत पिप्ले–भगवती खानेपानी आयोजनाका लागि पनि बजेट व्यवस्थापनका लागि पहल भइरहेको छ ।’ याे पनि पढ्नुहाेस्... [embed]https://myagdinews.com/2024/03/74660/[/embed] बेनी–५, ६, ९ र १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६, पाखापानी र वडा नम्बर ५ झीँलाई लक्षित गरी बृहत घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न सन् २०२२ मा सर्वेक्षण भएको थियो ।आयोजना मार्फत २ हजार ५५३ घरधुरीमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी प्रमुख सुनम थापाले बताउनुभयो । चालु आर्थिक वर्षमा घोप्टेखोला र पिप्ले–भगवति खानेपानी आयोजनाका लागि २/२ करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो । कुल लागत अनुमानको २० प्रतिशत हुने गरि चालु आर्थिक वर्षमा बजेट रकमान्तर भएपछि ठेक्का आव्हान गरिएको हो । ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रघुगंगा–६, पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट वितरण पाइपमार्फत पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ । पिप्ले–भगवति खानेपानी योजना निर्माणका लागि रु ३७ करोड ३७ लाख लागत अनुमान गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १९:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP