शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • हङकङ प्रहरीमा भर्ती भएर पहिलो नेपाली महिला बनेकी म्याग्दीकी मीरा पुन मगर
हङकङ प्रहरीमा भर्ती भएर पहिलो नेपाली महिला बनेकी म्याग्दीकी मीरा पुन मगर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत ३०, २०८०
mira-pun-hk (2)
म्याग्दी । मीरा पुन मगर (कमला) हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बन्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,पाउद्धार घर भई हाल हङकङ निवासी २५ बर्षिया मिरा हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बन्नुभएको हो । हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको हो । म्याग्दी प्रवासी नेपाली संघ (मोना)हङकङका अध्यक्ष कर्ण पुन मगरका अनुसार ,नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’अन्तर्गत प्रहरी तालिम पूरा गरि मीरा यही सोमबार प्रहरीमा भर्ना हुनुभएको छ । काशी पुन र दिपा बुदुजा पुनकी जेष्ठी सुपुत्री मीरा लामो समयदेखि अभिभावकसँगै हङकङमा बसोबास गर्दै आउनुभएको थियो । प्रहरीमा भर्ना भएसँगै मिरालाई उत्साहित भएका हङकङ निवासी म्याग्दीली लगायत नेपालीले बधाई सहित शुभकामना दिइरहेका छन् । ‘हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बन्नु हामी सबै नेपालीको लागि गर्वको कुरा हो ,’उत्साहित अध्यक्ष पुन मगरले भन्नुभयो । साथै उहाँले मिरालाई पेशागत सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको छ । प्रहरीले अल्पसंख्यक समुदाय लक्षित गरि ‘हिमालय प्रोजेक्ट’ सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत निशुल्क चिनियाँ भाषा कक्षा, फिटनेश कक्षासहित स्थानीय समुदायसँग एकीकरण गर्न सिकाइन्छ। यो परियोजना हङकङ प्रहरीमा भर्नाका लागि तालिम दिने उदेश्यले चलाइएको हो। यो तालिम पूरा गरेका नेपाली लगायत अल्पसंख्यक समुदायका युवाहरू धमाधम प्रहरीमा भर्ना हुन थालेका छन्। करिब ३५ हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही नेपाल पनि कार्यरत छन्। मिरा मिस मगर २०१३  विजेता समेत हुनुहुन्छ ।      
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २२:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP