शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीकाे रघुगंगा पूर्णखोप सुनिश्चितता पालिका घोषणा
म्याग्दीकाे रघुगंगा पूर्णखोप सुनिश्चितता पालिका घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख १, २०८१
434532576_1362316467790095_2372703569276018964_n
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई शुक्रबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।स्वास्थ्य कार्यालयका खोप सम्बन्धी कार्यक्रमका प्रमुख बिरेन्द्र जयसवालले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने रघुगंगा म्याग्दीको पहिलो स्थानीय तह भएको बताउनुभयो । १६ महिना देखि ५ वर्ष उमेर समूहका ५९२ जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएकाले पूर्णखोप सुनिश्चितता घोषणा गरिएको रघुगंगाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले बताउनुभयो । जनप्रतिनिधी, महिला स्वास्थ्य स्वमसेविका, खोप समन्वय समितिका पदाधीकारी, सदस्य र बालबालिकाका अभिभावकहरुको उपस्थितिमा घोषण कार्यक्रम आयोजना गरिएको छ ।रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको अध्यक्षता र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिति थियो । यसअघि रघुगंगाका ८ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको थियो । महामारीजन्य रोग लाग्न नदिन हेपाटाईटिस बि, जापनिज ईन्सेफलाईटिस, हेमोफिलस एन्फ्युएन्जा बि, रुबेला, न्युमोकोकल तथा आईपिभी, दादुरा रुवेलाको दोस्रोमात्रा, झाडापखला विरुद्धको रोटा तथा टाईफाईड विरुद्धको खोप लगाउने नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम हो ।एक जनालाई खोप लगाउन सरकारको प्रतिव्यक्ति ४० हजार रुपैयाँ लगानी हुने गरेको छ । बालबालिकाहरुलाई रोगबाट बचाउन, बिरामी, अपाङ्गता र मृत्युदर घटाउने खोप कार्यक्रमको प्रमुख उद्देश्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।  
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १४:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP