शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीकाे पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा(तस्बिरहरु)
बेनीकाे पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा(तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख १, २०८१
IMG_1896
म्याग्दी।म्याग्दीको बेनीमा शनिबार देखि पर्यटक सञ्चालन केन्द्र पुनः सञ्चालन भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८, कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर शनिबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।  बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा २०७५ मा स्थापना गरेको पर्यटक सूचना केन्द्र कोरोना भाइरस र आन्तरिक व्यवस्थापनका कारणले बन्द अवस्थामा रहेको थियो । हिमालपारीको जिल्ला मुस्ताङ प्रवेशद्वारका रूपमा रहेको म्याग्दीको कालिपुलमा रहेको केन्द्रको नयाँ वर्ष २०८१ सालको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा पुनः औपचारीक रुपमा सञ्चालनमा ल्याइएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले बताउनुभयो ।म्याग्दीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई म्याग्दी जिल्लाका पर्यटकीय, धार्मिकस्थलका बारेमा जानकारी दिने, पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क सङ्कलनका साथै म्याग्दीको अर्गानिक उत्पादनको बिक्री वितरणका लागि केन्द्रको सञ्चालन गरिएको उहाँको भनाइ छ । सूचना केन्द्रमा म्याग्दी भित्रका सबै प्रकारको सूचनाहरू उपलब्ध गराइने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । हामीले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएका छौँ । जिल्लाका चर्चित पर्यटकीय तथा धार्मिकस्थल बाहेक सम्भावना भएका क्षेत्र, होमस्टे, होटलको विवरण तथा पर्यटकीय स्थलहरूमा जाने पर्यटकलाई सूचना, स्थानीय तहसँग समेत समन्वय गरी काम गर्ने उहाँले बताउनुभयो । म्याग्दीका पर्यटकीय हिसाबले सम्भावना बोकेका धेरै क्षेत्र रहेकाले यहाँ आउने पर्यटकले सहज रुपमा पर्यटकीय क्षेत्रको जानकारी हासिल गर्न पर्यटन सूचना केन्द्रले प्रभावकारी काम गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।जिल्ला ट्राफिक कार्यालय नजिक रहेको पर्यटन सूचना केन्द्रमा म्याग्दीका स्थानीय तहको सेक्सन बनाएर पर्यटकीय स्थलको फ्रेमसहित फोटाहरू,५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन, पर्यटकीय क्षेत्रको म्याप, गाइड बुक र ब्रोसर राखिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तथा पर्यटन सूचना केन्द्रका संयोजक राजेश शाक्यले जानकारी दिनुभयो । यस अघि उक्त सूचना केन्द्रको तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ वैशाख ३१ गते उद्घाटन गर्नु भएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १५:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP