शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन् बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण
अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन् बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख २, २०८१
437893348_311610395086491_5486674705996943428_n
काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् ।पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाइन् । दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्य लिएकी अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसगैं पेपरले यससगैं तीन वटा आठ हजार मिटर अग्ला हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल भएकी हुन् । उनले यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजानमा छिन् त्यसपछि मकालु हिमालको हिमालको आरोहण गर्ने लक्ष्य रहेको छ । बिस्तारे एकपछि अर्को आठ हजार मिटर अग्लो हिमालहरु आरोहण गर्दै जाने र आपूmले तोकेको समय भित्र नै १४ वटै हिमालहरुको चुचुरो सम्म पाइला टेक्ने पेपरको भनाइ छ । त्यस्तै, सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पाका अनुसार पेपरले हाम्रो कम्पनी मार्पmत अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी हुन् । उनले यति उमेरमा महिला पर्वतारोहीले यसरी बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये तीन वटा हिमालको आरोहण गर्नु नै एक्दम ठूलो कुरा रहेको शेर्पाको भनाइ छ ।बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालका चुचुराहरूमा पुग्ने आफ्नो सपना पूरा गर्न उनी गएको मार्च महिनाको पहिलो हप्ता टिमसहित काठमाडौं आइपुगेकी थिइन् । उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फाबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी हुन् । यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् । यसअघि उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये दुई वटा हिमालको अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन । उनको आफ्नै आरोहण शैलीका कारण उनले लक्ष्य राखेको समयमै हासिल गर्नेमा कुरामा विश्वस्त छिन् । उनले लक्ष्यका लागि शारीरिक रूपमा मात्र नभएर मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा पनि आपूmलाई तालिम दिइरहेकी छन् । यही सम्पून्न कुराले पेपरलाई प्रेरित गरेको उनको भनाइ छ । हालसम्म छ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन् । त्यसमा पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा पुगेका भने दुई जना मात्र हुन्, उनीहरुलाई त्यसको लागि १६ वर्ष लागेको थियो । विश्वमा छ जनाले सफलतापूर्वक १४ वटा हिमालहरु आरोहण गरिसकेकोले पनि उनमा आपूmले चालेको कदमले आफनो लक्ष्यमा सम्ममा पुग्ने विश्वास रहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP