शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगला शिक्षा क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा दोहोरिए थापा मगर
मंगला शिक्षा क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा दोहोरिए थापा मगर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख ६, २०८१
yam thapa-mangala
बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको सञ्चालक समितिकाे अध्यक्षमा यामबहादुर थापा मगर दाेहाेरिनुभएकाे छ । बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा थापा मगर  पुन: सर्वसम्मत चयन हुनुभएकाे हाे ।सञ्चालक समितिको सदस्यहरूमा नरसिं बहादुर केसी,यशुदा रोकाशेर बहादुर क्षेत्री, कलदेवी जिसी, बिना भण्डारी, बिन्दु मल्ल, टंकप्रसाद बुढाथोकी, कविन्द्र रोका, सुकबहादुर घर्ति क्षेत्री र गणेश बहादुर ठकुरीलाई चयन गरेको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो । याे पनि... [embed]https://myagdinews.com/2024/04/75305/[/embed] गएको चैत्र २४ र बैशाख ३ गते उद्घाटन भएको क्याम्पस सभामा क्याम्पस सभा सदस्यको कुल ५१ प्रतिशत अनुपस्थित भएपछि तेस्रो बन्दसत्रबाट क्याम्पसको विद्यान २०७८को परिच्छेद ३ को उपदफा६को (क)१ बमोजिम बिहिबार सभा सम्पन्न भएको थियो ।सञ्चालनक समितिको चयनमा क्याम्पसका संरक्षक एवम् मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका लगायत क्याम्पसका पूर्व अध्यक्षहरू, शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो । नवनिर्वाचत अध्यक्ष थापाले क्याम्पसलाई पश्चिम म्याग्दीको शैक्षिक हव बनाउने गरी शिक्षा संकाय बाहेक प्राविधिक र व्यवस्थापन संकाय समेत सञ्चालनका लागि आवश्यक प्रक्रियामा जाने बताउनुभयो । उहाँले क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रियालाई समेत आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताउनुभयो ।क्याम्पसमा पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै बागलुङको ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिकाका विद्यार्थी समेत अध्ययनरत छन् । भौतिक पूर्वाधारमा तिब्र गतिमा अगाडी बढेको क्याम्पसले तत्कालिन समयमा चन्दा संकलन गरी लाम्पाटामा खरिद गरेको जग्गामा क्याम्पस भवन, प्रशासनीक भवन बनाइएको छ भने छात्राबास भवन समेत निर्माणधिन अवस्थामा रहेको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP