शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • चिमखोलाको घैराबारीमा ट्रिपर दुर्घटना हुँदा दाङका चौधरीको मृत्यु,तीन जना घाइते
चिमखोलाको घैराबारीमा ट्रिपर दुर्घटना हुँदा दाङका चौधरीको मृत्यु,तीन जना घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख ८, २०८१
ramechhap company triper chimkhola accident
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला स्थित घैराबारीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिवार विहान करिब ९ बजे निर्माणाधिन जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको ट्रिपर दुर्घटना हुँदा दाङ जिल्लाको बरैयाका ४० वर्षिय बीरबहादुर चौधरीको घटना स्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार,घाइते हुनेहरुमा रुपन्देही जिल्ला देविनगरका अन्दाजी ४० वर्षिय चालक कमल श्रेष्ठ ,नवपरासी जिल्ला त्रिवेणी गाउँपालिका–६,का अन्दाजी २० वर्षिय सहचालक राहुलसिंह ठकुरी र रामेछापका २७ वर्षिय भुवन कार्की रहनुभएको छ । मृतक चौधरी व्यक्ति सवारी साधन र निर्माण उपकरणहरुको मर्मत गर्ने मिस्त्री काम गर्नुहुन्थ्यो । मृतक चौधरीको शव पोष्टमार्टमको लागि बेनी अस्पतालमा ल्याइदैछ । घाइते चालक श्रेष्ठ र सहचालक ठकुरीलाई चिमखोला स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागि हेली मार्फत पोखरा स्थित मणिपाल अस्पताल लगिएको प्रहरीले जनाएको छ । रामेछाप शेर्पा कन्ट्रक्सन कम्पनीको ट्रिपर तुन्दी पावर कम्पनी प्रवद्र्धक रहेको निर्माणाधिन राहुघाट मङ्गले जलविद्युत आयोजना स्थलमा सिमेन्ट ढुवानी गरेर फर्किने क्रममा दुर्घटनामा परेको हो । रामेछाप शेर्पा कन्ट्रक्सन कम्पनीमा कार्यरत सव इन्जिनियर घाइते कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ट्रिपर सडकदेखि दुई सय मिटर भन्दा बढी तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । घटना स्थलमा डिएसपी श्रेष्ठको नेतृत्वमा प्रहरी टोली ,नेपाली सेना र वडा अध्यक्ष थकबहादुर पाइजा ,स्थानीयबासी सहितको टोलीले उद्धार गरेका थिए ।    

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १५:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP