शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बाबियाचौरमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु (फोटो फिचर)
बाबियाचौरमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख ८, २०८१
received_969101104680775
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२,बाबियाचौर माटेवगरमा ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ ।माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने मुख्य उदेश्य लिएर आयोजना गरिएको महायज्ञको शनिवार मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले उद्घाटन गर्नुभएको हो । महायज्ञको उद्घाटन गर्नुहुदै अध्यक्ष रोकाले सामाजिक सेवाको पवित्र भावना राखेर आयोजना गरिएको महायज्ञलाई सफल बनाउन पालिकाका तर्फबाट रचनात्मक सहयोग रहने बताउनुभयो ।उहाँले माटेवगर स्थित देवी मन्दिरको महिमा अपार रहेको भन्दै महायज्ञबाट निर्माण गरिने वहुउद्देश्यीय सेवा भवनले जिल्लाकै धार्मिक पर्यटनलाई सघाउ पु¥याउने विश्वास गर्नुभयो । कार्यक्रममा मंगला गाउँपालिका वडा नम्वर २ का अध्यक्ष धन बहादुर खाती क्षेत्री, मंगला माविका प्रधानाध्यापक गम बहादुर केसी, राप्रपाका नेता तथा समाजसेवी विनोद भट्टचन, मुल समारोह समितिका सहकोषाध्यक्ष निरज खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।मंगला युथ क्लवको व्यवस्थापन तथा देवी भगवती मन्दिर संरक्षण समितिको आयोजनामा यहि वैशाख १६ गते सम्म संचालन हुने महायज्ञको पहिलो दिन विभिन्न आमा समुह तथा संघ संस्थाको उपस्थितिमा कलश यात्रा गरि बाबियाचौर बजार परिक्रमा समेत गरिएको थियो । महायज्ञमा प्रखर वाचक पण्डित श्री कपिलदेव भट्ट ज्युले कथा प्रबचन गर्नु हुनेछ । भने महायज्ञमा दैनिक पुजापाठ, ग्रह शान्ति ब्रतवन्ध, बिवाह, ब्रतसाङेता, सन्ध्या महाआरति, लाखवत्ति, पितृको फोटो, कलश, मुलकर्ता भुमिदान र तुलादन समेतको ब्यबस्था छ । महायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा बिभिन्न आकर्षक भजनकृतन, पशुपति, देबघाट तथा बनरासमा देखिने निकै आकर्षक माहाआरति साथै देबलिला झाँकी र सन्देश मुलक नाटकहरु समेत प्रस्तुत गरिनेछ । महायज्ञको उद्घाटन सत्र मुल समारोह समितिका संयोजक नविन अधिकारीको अध्यक्षता, प्रचारप्रसार उपसमिति संंयोजक चक्रलाल पाण्डे (राजु) को स्वागत र कृष्ण सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।महायज्ञको पहिलो दिन मंगला २ बाबियाचौर निवासी स्वर्गीय नगेन्द्र बहादुर अधिकारीको स्मृतिमा उहाँका छोरा, छोरी, ज्वाई स–परिवारको तर्फबाट २ लाख १ हजार १११ सहयोग प्राप्त भएको मुल समितिका सहकोषाध्यक्ष निरज खड्काले जानकारी दिनुभयो । मन्दिर पुन: निर्माण, मन्दिर स्थलमा धार्मिक पर्यटकहरुलाई लक्षित गरेर वहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने संकल्प लिइएको छ । भवनमा मण्डप सहित विहे तथा व्रतवन्ध लगायतका कार्य सम्पन्न गर्ने कक्ष, संकिर्तन, पूजा सामग्री भण्डारण कक्ष, तथा योगा र ध्यान समेत गर्न मिल्ने सभाहल सहितको भवन निर्माण गर्ने लक्ष राखिएको र त्यहाँ एकजना सन्तको समेत व्यवस्था गरिने महायज्ञ मुल समारोह समितिका अध्यक्ष नविन अधिकारीले बताउनुभयो । त्यस्तै मंगला गाउँपालिका भित्रका आकस्मिक विरामीहरुलाई समयमै अस्पताल पु¥याउन यातायातको साधनहरुको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै जुनसुकै समयमा पनि सेवा उपलब्ध गराउने गरि एम्वुलेन्स खरिद गर्ने लक्ष्य समेत लिईएको मुल समारोह समितिका सचिव छमलाल पौडेलले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २०:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP