शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘अब माउण्टेन बाइक चढौं, पर्यटन प्रवद्र्धन गरौं’ (तस्बिर/भिडिओ)
‘अब माउण्टेन बाइक चढौं, पर्यटन प्रवद्र्धन गरौं’ (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख ९, २०८१
20240421_114124
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा आइतबार धौलागिरि माउण्टेन बाइक एड्भेन्चर प्रालिको कार्यालय उद्घाटन भएको छ । बेनीबजारमा सिप विकास, स्वरोजगार तथा माउण्टेन बाइक टे«निङ मर्मत एवं बिक्री कक्षको एक समारोहबीच उद्घाटन गरिएको हो । भिडिओ... [embed]https://youtu.be/Jye3LV6743Y?si=YykMA2FVh3gzCZtk[/embed] कार्यालयको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले म्याग्दीको बेनीमा माउण्टेन बाइकको एड्भेन्चर प्रालि स्थापना हुनु पर्यटन प्रवद्र्धनको एउटा आयाम थपिएको बताउनुभयो । उहाँले यस कम्पनीको स्थापनाबाट म्याग्दी जिल्लामा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुमा साईकल यात्रा गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै यसबाट जिल्लामा पर्यटकीय गतिविधिहरु बढ्ने बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले माउण्टेन बाइकको कम्पनी स्थापना र सञ्चालनसँगै यसले रोजगारको सिर्जना गर्नुका साथै पर्यटन प्रवद्र्धन पनि हुने भएकाले निजी क्षेत्रबाट आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो । विश्व साईकल यात्री अजित बरालले माउण्टेन बाइकको यात्रा पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण रहेकाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई साईकलमा यात्रा गराउनेतर्फ पहल गर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, निसीखोला गाउँपालिका–२, बागलुङका वडाध्यक्ष कुविर विश्वकर्मा, बेनपा–९, घतान म्याग्दीका वडाध्यक्ष चक्रबहादुर केसी, बेनपा–२, ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर क्षत्री र कम्पनीका सल्लाहकार टंकप्रसाद शर्माले मन्तव्य व्यक्त गर्दै मोटरसाईकलको तुलनामा माउण्टेन बाइक वातावरणमैत्री भएकाले यसको प्रयोगमा जोड दिनुभएको थियो । कार्यक्रम धौलागिरि माउण्टेन बाइक एड्भञ्चर प्रालिका अध्यक्ष सुवास शाहीको अध्यक्षता, उपाध्यक्ष भरत केसीको स्वागत र सचिव प्रेमराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दीको बेनीमा मुख्य कार्यालय स्थापना गरिएको यस प्रालिको बागलुङको बुर्तिबाङमा शाखा कार्यालय रहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP