शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • आत्मरक्षा तालिमपछि किशोरीहरुले भने, ‘अब आइलाग्नेमाथि जाइलाग्छौं’
आत्मरक्षा तालिमपछि किशोरीहरुले भने, ‘अब आइलाग्नेमाथि जाइलाग्छौं’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख ९, २०८१
IMG_4504
म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहीबारदेखि सुरु भएको किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सम्पन्न भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो । मंगला गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजना र व्यवस्थापनमा तालिम सञ्चालन गरिएको थियो । शनिवारसम्म तीन दिन चलेको तालिममा मंगला गाउँपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न ९ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट महिला शिक्षकसहित ३६ जना किशोरीहरुले सहभागिता जनाएका थिए । तीन दिनसम्म चलेको तालिममा नवीन आनन्द योग केन्द्र बेनी म्याग्दीका योग प्रशिक्षक नवीन जुग्जाली, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्मा, प्रहरी जवानद्वय अनिता दर्लामी, संगीता थारु, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल र महिला तथा बालबालिका शाखा प्रमुख अनिताकुमारी शर्माले सहजीकरण गर्नुभएको थियो । तालिममा आत्मरक्षाको सिप विकास, सकारात्मक सोच तथा योग आसन, समाज रुपान्तरणमा किशोरकिशोरीहरुको भूमिका, जीवनरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास, कल्चरल तथा कला प्रदर्शनी, यौनजन्य वृद्धि विकासको व्यवस्थापन, आत्मरक्षा सिपको व्यवहारिक अभ्यास, सफल नेतृत्व विकास सम्बन्धी कला, साइबर सुरक्षा एवं घरेलु हिंसा न्यूनीकरण, बाल अधिकारका आयामहरु, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमा सहजीकरण गरिएको थियो । तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले तालिमको सद्धान्तिक र प्रयोगात्मक अभ्यासको क्रममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभएको छ । तालिमको समापन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पालिकामार्फत सिप विकास तथा सचेतनामूलक तालिम कार्यक्रमहरुलाई जोड दिइने बताउनुभयो । तालिमको समापनसत्र सहभागी दिया पुनले सञ्चालन गर्नुभएको थियो । पछिल्लो समय देशमा महिला तथा बालबालिकाहरुमाथि बढ्दै गैरहेको विभिन्न प्रकृतिका हिंसाहरुको न्यूनीकरणमा सहयोग पु¥याउन र तालिमबाट विद्यालय उमेर समूहका किशोरीहरुलाई सक्षम बनाउन तालिम सञ्चालन गरिएको मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले जानकारी दिनुभयो । उहाँले गतवर्ष जिल्लाको विभिन्न स्थानमा आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गरिएको हुँदा यसवर्ष पनि सामाजिक विकास कार्यालय र पालिकाहरुसँगको समन्वयमा तालिमलाई अभियानको रुपमा चलाइएको बताउनुभयो । तालिममा सहभागी मंगला गाउँपालिकाअन्तर्गत विभिन्न विद्यालयहरुका किशोरीहरुले आत्मरक्षा सम्बन्धी क्षमता विकास तालिममार्फत आफूहरुले ज्ञान, सिपसम्बन्धी धेरै जानकारीहरु पाएको अनुभव सुनाएका छन् । तालिमबाट हिंसाजन्य गतिविधि र आत्मरक्षाको लागि गर्न सकिने प्रतिकार तथा विभिन्न उपायहरुको बारेमा सिकेको बताउँदै अब आफूहरुमाथि कोही आइलागेको खण्डमा जाइलाग्ने तालिमका सहभागी महेन्द्ररत्न मावि बरंजाकी छात्रा एलिसा विश्वकर्माले बताउनुभयो ।  
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP