शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विश्व औलो दिवस : म्याग्दीमा जोखिम कायमै (भिडिओ)
विश्व औलो दिवस : म्याग्दीमा जोखिम कायमै (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख १३, २०८१
IMG_0119
बेनी । म्याग्दी आयातित औलो (मलेरिया)रोगको जोखिममा रहेको छ । रोगको जोखिम कायमै रहेपनि स्वास्थ्य कार्यालय म्याग्दीमा रगतको नमूनालाई परीक्षण गर्ने प्रयोगशाला र ल्याब टेक्निसियन नहुदाँ समस्या भएको छ । औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमूना संकलन तथा परीक्षण गर्नुपर्ने भएपनि जनशक्ती र पूर्वाधारको अभावका कारण अभियान प्रभावित बनेको छ । विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा म्याग्दीको ६ वटै स्थानीय तहमा कुल २ लाख ६ हजार ७०४ जनसंख्यामा बार्षिक १४ सय जनाको नमुना परीक्षणका लागि ल्याब टेक्निसियन र परीक्षणका लागि प्रयोगशालाको आवश्यकता रहेको कार्यालय प्रमुख भुवन ठकुराठीले बताउनुभयो। भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/drRuNYP6PNM[/embed] म्याग्दीमा आयातित औलोको बिरामीको जोखिम रहेकाले सम्भावित क्षेत्रमा नमुना संकलनमा समेत जनशक्तीको अभावले प्रयोगशालाबाट प्रमाणित औलो रोगीको पहिचानमा समस्या भएको बताउनुभयो। म्याग्दीमा बेनी अस्पताल, प्राथमिक उपचार केन्द्र दरबाङ बाहेक अन्नपूर्ण गाउँपालिकामा २,रघुगंगा गाउँपालिकामा २,मालिका गाउँपालिकामा १ र धवलागिरी गाउँपालिकामा १ प्रयोगशाला रहेको छ भने मंगला गाउँपालिकामा छैन । दक्षिण एशियामा औलोको उच्च जोखिममा रहेको भारतबाट धार्मिक तथा रोजगारीका लागि म्याग्दीमा बर्षेनी ठूलो संख्यामा भित्रिने गरेकाले जोखिममा रहेको स्वास्थ्य कार्यालयका गणेश सुबेदीले बताउनुभयाे । गण्डकी प्रदेशमा आर्थिक बर्ष २०७७/०७८ मा १२ जना, ०७८/७९ मा १३ जना र ०७९/०८० मा २६ जना अन्य देशबाट आएका बिरामीको पहिचान भएको थियो ।यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् । टाउको दुख्नु, बान्ता र ज्वरो आउनु यसका प्रमुख लक्षण हुन्। समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १५:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP