शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सामाजिक उदेश्य बोकेर गलकोट समाज जापानमा बृहत सांस्कृतिक कार्यक्रम
सामाजिक उदेश्य बोकेर गलकोट समाज जापानमा बृहत सांस्कृतिक कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १७, २०७६
programme of japan

थम्मन थापा
जापान टोकियो ,विहिबार पौष १७ गते ।

गलकोट समाज जापानले बिहिबार राजधानी टोकियोमा सांस्कृतिक कार्यक्रम गर्दै छ ।
अङग्रेजी नयाँ वर्ष २०२० को अवसरमा बृहत साँस्कृतिक धमाका गर्न लागिएको संस्थाका अध्यक्ष दिलु खत्रीले जानकारी दिए । समाजले प्रत्येक वर्ष नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु लाई आमन्त्रण गरिएको छ । आज टोकियोमा हुने उक्त नयाँ वर्ष धमाकामा चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत, सम्झना लामिछाने, सुर्य खडका, प्रश्ना पाण्डे लगायतले आफनो सांगितिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन ।

विगतका वर्षमा समाजले जापानका विभिन्न शहरहरु ओसाका, नागोया र टोकियोमा बृहत साँस्कृतिक धमाका गर्दै आईरहेको छ । यस वर्ष भनें विशेष कारणबस टोकयोमा मात्र कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । समाजले सन २००६ देखि जापानमा सक्रिय रहँदै आएको छ । स्थापनाकाल देखि नै समाजले गलकोटको विकास र समृद्विमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेको संस्थाका महासचिव कृष्ण केसीले जानकारी दिए । रोजगारीको सिलसिलामा गलकोट देखि जापान आएका सम्पूर्ण गलकोटेहरुको साझा सस्थाको रुपमा परिचित गलकोट समाज जापानले नेपालमा आई परेका विभिन्न विपदका समयमा समेत सहयोग गर्दै आएको छ ।

नेपाली पन संस्कृति र परम्परा साथै भाषाको जगेर्ना गरि विदेशमा बस्दा पनि नेपाली पनका लागि नेपाली कलाकारहरुका साथ आफूहरुले प्रत्यक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको उनले बताए । हरेक वर्ष विभिन्न सामाजिक उद्देश्यका साथ समाजले साँस्कृतिक कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक बिजय भण्डारीले जानकारी दिए । संस्थाले यो वर्ष गलकोट क्षेत्रमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने उद्देश्य बोकेर कार्यक्रम आयोजना गरेको हो । बिगतमा जस्तै यो बर्ष पनि गलकोट समाज जापानले विशुद्व परोपकारी कार्यमा जापानबासी नेपालीहरुको अपार मायाँ पाउने अपेक्षा गरेको छ ।

साथै समाजले नेपालमा कम आर्थिक अवस्था रहेका विद्यार्थीहरुको पढाई एवं स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ । भुकम्प पछिको उद्दार एवं रहतमा आफुले राम्रो काम गर्दै आएको समाजले आगामी दिनमा पनि नेपालका विभिन्न क्षेत्रमा काम गर्ने जनाएको छ । समाजले गरेको कार्यक्रमबाट उठेको रकमबाट समाजले एम्वुलेन्स खरिद गरि नेपालमा हस्तान्तरण गर्ने समाजले जनाएको छ । आज टोकियो निसी आर आई मा हुने बृहत सांस्कृतिक धमाकामा सहभागी भई कार्यक्रम भव्य रुपमा सफल पार्न समाजले अपिल समेत गरेको छ ।


प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ११:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP