शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्णको भुरुङमा पुख्र्यौली नाच प्रतियोगिता सुरु (फोटो फिचर)
अन्नपूर्णको भुरुङमा पुख्र्यौली नाच प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख १४, २०८१
DSC_0160-800x533
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ ,को वडा कार्यालयले भुरुङ गाउँमा विहिवारदेखि आयोजना गरेको प्रतियोगितामा विभिन्न १२ समूहले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख, दोस्रो हुनेलाई नगरु ७५ हजार र तृतीय हुनेलाई नगद रु ६० हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने प्रतियोगिताका मुल संयोजक समेत रहनुभएका वडा अध्यक्ष ओम प्रसाद फगामीले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइ मार्ने समूह, भाका तथा शब्द छनौट, पोशाक, अनुशासनको विद्यामा समेत नगद सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ । ‘‘ पुख्र्यौली नाच पुन मगर समुदायमा पुर्खौदेखि चलिआएको पाइन्छ, पछिल्लो समय यो नाच युवा पुस्ताले अगाडी बढाउन नसक्दा हराएर जाने जोखिम बढेको थियो, नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा हामीले यो प्रतियोगिता अघि बढाएका हौँ’’,अध्यक्ष फगामीले भन्नुभयो । प्रतियोगितामा सहभागि पुख्र्यौली नाचहरुमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवति, बालबालिका र बृद्धबृद्धा समेतले सहभागिता जनाएका छन् । प्रतियोगिताको पहिलो दिन अन्नपूर्ण गाउँपालिका –१, दोवा,२ नम्बर वडा भुरुङ र ४ नम्बर वडा नारच्याङ लेक गाउँको पुख्र्यौली समूहको प्रस्तुती राखिएको आयोजकले जनाएको त । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई सफल बनाउन अन्नपूर्ण गाउँपालिकाले रु ३ लाख सहयोग गरेको छ । त्यसैगरि स्वदेश तथा विदेशमा रहेका भुरुङतातोपानीबासीको नेतृत्वमा प्रतियोगिता सम्पन्न गर्न रु १९ लाख बढी सहयोग जुटेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भारतकुमार पुनले मगर समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको पुख्र्यौली नाच अन्तरपुस्ता हस्तान्तरणको लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले आगामी बर्षको नीति तथा कार्यक्रममा समेत कला संस्कृति र साँस्कृतिक क्षेत्रलाई प्राथमिकता राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवद्र्धन र प्रचार प्रसार गरिने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पर्यटकीय सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिकामा रहेका कला र संस्कृतिलाई समेत साँस्कृतिक पर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन बृद्धि र जीवनस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली प्रतियोगिताले भुरुङ गाउँमा साँस्कृतिक उत्सव छाएको छ ।  
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP