शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पुर्ख्याैली नाच प्रतियोगिताको उपाधि काफलडाँडालाई
पुर्ख्याैली नाच प्रतियोगिताको उपाधि काफलडाँडालाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख १६, २०८१
kafaldanda
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सम्पन्न पुर्ख्याैली नाच प्रतियाेगिताकाे उपाधि वडा नम्बर ८ काफलडाँडाकाे पुर्ख्याैली नाच समुहले जितेकाे छ ।भूमे पुजाको अवसरमा वडा नम्बर २ कार्यालयद्वारा आयोजित  तीन दिन सम्म सञ्चालित सर्वाधीक पुरस्कार राशीकाे  प्रतियाेगितामा विभिन्न ११ पुर्ख्याैली समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा वडा नम्बर १ दोबाको पुर्ख्याैली समूह द्धितिय,भुरुङ तातोपानी मैत्री समाज पोखरा पुर्ख्याैली समूह तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहलाई क्रमशः नगद एक लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र ६५ हजार रुपैयाँको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।सहभागी सबै समूहलाई नगद  १५ हजार रूपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिएको वडा अध्यक्ष एवंम प्रतियोगिताका संयोजक ओमप्रसाद फगामीले जानकारी दिनुभयो । मगर समूदायको मौलिक संस्कृतिको रुपमा रहेको पुर्ख्याैली नाचको संरक्षण र संवद्र्धन गर्ने उदेश्यले प्रतियाेगिता सञ्चालन गरिएकाे उहाँले बताउनुभयाे । अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुर्ख्याैली नाच प्रतियोगितालाई सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले तीन लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो भने वडा कार्यालयले देश तथा विदेशमा रहेका भुरुङबासीको अग्रसरतामा  १९ लाख रूपैयाँ बढी सहयोग जुटाएर प्रतियोगितालाई सफल बनाएको जनाएको छ । प्रतियोगितामा मादलेतर्फ रिमाको पुर्ख्याैली समूह ,मारुनीतर्फ शिखको पुर्ख्याैली समूह, हाइमार्ने समूहतर्फ पाउद्धार पुर्ख्याैली समूह, माका तथा लय तर्फ काफलडाँडा पुर्ख्याैली समूह , पोशाकतर्फ नारच्याङ लेकगाउँ र अनुशासनतर्फ भुरुङ तातोपानी पुर्ख्याैली समूह उत्कृष्ट घोषित भएका थिए । विद्यागत रुपमा उत्कृष्ट घोषित पुर्ख्याैली समूह प्रत्येकलाई नगद र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष एवम प्रतियोगिताका मुल संयोजक फगामी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताले यस क्षेत्रमा रहेको पुर्ख्याैली नाचको संरक्षण र अन्तरपुस्ता हस्तान्तरणमा सघाउने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । उहाँले कला, संस्कृतिको संरक्षणको लागि आगामी दिनमा समेत गाउँपालिकाले प्राथमिकता दिने बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ११:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP