शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जापानमा म्याग्दीलाई चिनाउन आयोजित मोना फेस्टिभल भव्यताका साथ सम्पन्न
जापानमा म्याग्दीलाई चिनाउन आयोजित मोना फेस्टिभल भव्यताका साथ सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख १७, २०८१
321922065439888155_1361884791171253_600001638946032488_n (1)
टोकियो ,जापान । जापानको टोकियोमा अवस्थित खामी इतावासी हेवा क्वोइन (पार्क) तोरन (धर्ज्यु)ले सजी सजाउ छ । प्रवेशद्वारमा स्वागत छ मोना इतिवासी नेपाली फेस्टिभलू लेखिएको ब्यानर छ भने म्याग्दीका पर्यटकीय क्षेत्रका तस्बिर अंकित ब्यानरले एक पटक म्याग्दी नै पुर्‍याउँछ । जापानको इतावासी नगरपालिका तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले संयुक्तरूपमा आयोजना गरेको फेस्टिभलका लागि पार्कलाई झकिझकाउ बनाइएको हो । दुई दिवसीय फेस्टिभलको दोस्रो अर्थात अन्तिम दिनसमेत विभिन्न गतिविधिसहित सांस्कृतिक प्रस्तुति रह्यो । म्याग्दी सदरमुकाम बेनीमा हुने म्याग्दी महोत्सवको झल्को दिने गरी उक्त फेस्टिभलमा हजारौं नेपाली तथा जापनिज नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली कला, संस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक एवम् गन्तव्यहरूको बारेमा जापानी समुदायकाबीच प्रवर्द्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको फेस्टिभलको पहिलो र दोस्रो दिन विभिन्न झाँकीसहित कार्यक्रम स्थल परिक्रमा गरिएको थियो । जापानिज गीत संगीत र नेपाली गीत संगीतमा कलाकारहरूले दिएको प्रस्तुतिले फेस्टिभल संगीतमय बन्यो । जापानका चर्चित रेस्लरहरुले रेस्लिङ खेल प्रस्तुत गरेका थिए, जुन आकर्षणको केन्द्रबिन्दु बन्यो । दर्शकहरूले रेस्लिङको भरपुर मनोरञ्जन लिए । धिमे नृत्य तथा तमु धिका कलाकारको प्रस्तुति अर्को आकर्षणको केन्द्र बनिरहँदा थाली नृत्यले माहोललाई तताएको थियो । फेस्टिभल संयोजकद्वय ज्ञानेन्द्र कार्की र सुजुकी ताकुयाको स्वागत मन्तव्य रहेको कार्यक्रमना बोल्दै प्रमुख अतिथि सकामातो ताकामासीले नेपाली समुदायसँग मिलेर पहिलो पटक कार्यक्रम आयोजना गरेको बताउँदै भविष्यमा पनी सहकार्य गर्ने बताए । उनले हालको आँकडाअनुसार उदाबासीमा विदेशीको संख्या बढ्दै गएको बताउँदै त्यसमध्ये नेपालीहरू तेस्रो स्थानमा रहेको बताए । दुई देशबीचको सम्बन्ध र संस्कृतिको आदान-प्रदान गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै ताकामासीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । समुद्घाटन समारोहअघि घुम्टे नौमती बाजा समूह, धौलागिरी भजन समूह, मोहन ड्रागन महर्जन समूहको नेवारी संस्कृतिमा आधारित लाखे नृत्यसहितको झाँकी, नेपाल आदिवासी जनजाति महासंघ जापानका विभिन्न जातजातिका भेष भूषा र संस्कृति झल्कने सांगीतिक प्रस्तुतिसहितको झाँकीले फेस्टिभल स्थल परिक्रमा गरेका थिए । प्रत्यक्ष दोहोरी, जापानिज बालिकाहरूको नाच, १२(१५ वर्ष उमेर समूहका बालबालिकाले जापानको पुरानो मौलिक धुन, धिमे बाजा, लाखे नाच, कार्यक्रमको समापन पूर्व म्याग्देली सालैजो गायन र हजारौंको उपस्थितिले म्याग्दी महोत्सवको झल्को दिएको थियो । संघ जापानका अध्यक्ष तथा कार्यक्रमका सभापति विशाल केसीले नगरपालिकासँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । उनले नगरपालिका तथा फेस्टिभल आयोजक मूल समारोह समितिलाई आभार प्रकट गरेका थिए । आइतबार साँझ समापन गरिएको फेस्टिभलमा सहभागी जनाउन कतार, कोरिया, नेपाल तथा हङकङदेखि पाहुनाहरू जापान आइपुगेका थिए । जसमा हङकङबाट मोना आईसीका संस्थापक अध्यक्ष प्रकाश पुन, दक्षिण कोरियाबाट मोना आईसीका महासचिव सुनेश केसी र कतारबाट मोना आईसीका कोषाध्यक्ष नरेन्द्र फगामी र उनकी धर्मपत्नी फूलमति फगामी, मोना कोरियाका उपाध्यक्ष रिम भण्डारीलगायत रहेका थिए ।समारोहमा जापानका लागि नेपाली कार्यवाहक राजदूत अम्बिका जोशी, मोना आईसीका अध्यक्ष ददिवल खड्का, इभेन्ट पार्टनर रोबिन शेरचन, एनआरएन जापानका अध्यक्ष नवीन निउरे, मोनाका आईसीका संस्थापक अध्यक्ष प्रकाश पुनलगायतले शुभकामना मन्तव्य दिएका थिए । मोना जापानले फेस्टिभल सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यबाद तथा आभार प्रकट गरेको छ ।

मोना जापानले सार्वजनिक गरेको धन्यवाद तथा आभार विज्ञप्ति

इताबासी नगरपालिकाको सहकार्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)जापानले यही अप्रिल २७ र २८ तारिख आयोजना गरेको दुई दिवसीय मोना फेस्टिभल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने समस्त महानुभावहरू प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहान्छौं । मेयर साकामोतोज्यू सहित इताबासी नगरपालिका परिवार, नेपाली राजदूतावास, मोना आइइसी, एनआरएनए जापान, इभेन्ट पार्टनर रोबिन शेरचन, प्रमुख प्रायोजक ददिवल खड्का, गण्डकी प्रदेशअन्तर्गतका सबै संघसंस्थाहरू, भात्तृसंगठन, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान शाखा, पुन क्लब लगायतका जापानमा क्रियाशील सबै संघसंस्था, समस्त प्रायोजक, स्टल राखेर सहयोग गर्नुहुने व्यवसायी मित्रहरू, मिडियाकर्मी, जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरू तथा समस्त जापानी मित्रहरूमा मोना जापान परिवार हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछ । जापानमा फेस्टिभल जस्तो एउटा महत्त्वाकांक्षी कार्यक्रमको आयोजना गरिनु आफैमा चुनौतीपूर्ण त छँदै थियो, त्यसमाथि संयुक्त कार्यक्रम भएकोले निश्चित दायरा र सीमाभित्र रहेर कार्यक्रम सम्पन्न गर्न त्यति सहज थिएन । तथापि यहाँहरूको आर्थिक, नैतिक, भौतिक र भावनात्मक ऐक्यबद्धतासहितको साथ, सहयोग र समर्थनले फेस्टिभल भव्यतापूर्वक सफल भएको यस अवसरमा खुसी व्यक्त गर्न चाहन्छौ । कार्यक्रम सम्पन्न गर्ने क्रममा भएका छिट फुट कमीकमजोरीप्रति हामी बिना कन्जुस्याइँ क्षमा याचना पनि गर्न चाहान्छौं । यस फेस्टिभलको आयोजनाबाट नेपाल र जापानबिचको उच्चस्तरीय असल सम्बन्धमा एउटा अर्को एउटा इँटा थप्ने काम भएको हामीले महुशस गरेका छौँ । नेपाली र जापानी जनताबिचको जनस्तरिय सम्बन्धलाई केन्द्रमा राखी सामाजिक, सांस्कृतिक, फुड कल्चर जस्ता विषयमा आदान-प्रदान गर्नुका साथै पारस्परिक सहकार्य गर्ने संस्कारको विकास गर्ने उद्देश्यले आयोजित फेस्टिभल मोना जापानको इतिहासमा एउटा गर्वानुभूति गर्न लायक कार्यक्रमको रूपमा हामीले लिएका छौँ । आफ्नो अति व्यस्तताको बाबजुद पनि कलात्मक साङ्गीतिक प्रस्तुति गरेर योगदान पन्याउनु हुने नेपाली तथा जापानी समस्त कलाकारहरू, स्वयंसेवक मित्रहरूका साथै हङकङ, दक्षिण कोरिया, कतार, नेपाल लगायतका विदेशबाट पाल्नुभएका मोना अभियन्ताहरू सबै(सबैमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं । साथै सिङ्गो कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारीका साथै ध्वनि व्यवस्थापनमा खट्नुहुने आदरणीय व्यक्तित्वहरू सबै जनामा मोना जापानको तर्फबाट मुरमुरी धन्यवाद ज्ञापन गर्दछौँ । आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै साथ, सहयोग, माया र सहकार्य रहिरहने अपेक्षा सहित जापानवासी नेपालीहरूको हितलाई केन्द्रमा राखी गरिने हरेक जायज कदममा मोना जापानको पनि ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २३:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP